अपडेटः पोखराको चरक हस्पिटलबाट सिसा फोडेर हाम्फालेका गुरुङको मृत्यु

अपडेटः पोखराको चरक हस्पिटलबाट सिसा फोडेर हाम्फालेका गुरुङको मृत्यु

Hamfalyo (1)

गण्डक न्युज पोखरा, २९ चैत / पोखरा, पृथ्वीचोक (नयाँबजार रोड) स्थित चरक मेमोरियल मेडिकेयर हस्पिटलबाटै हाम्फालेका बिरामीको मृत्यु भएको छ ।

लमजुङ क्होलासोथर २ मालिङ घर भई पोखरा ११ फुलबारी बस्ने युवराज गुरुङ हस्पिटलबाट विहीबार दिउँसो पौने ५ बजे हाम्फालेको कास्की प्रहरीले जानकारी दिएको छ । उनको उपचारका क्रममा मृत्यु भएको छ हो ।

तीन तलामाथि सिसाको झ्याल फोडेर रोडमा हाम्फाल्दा टाउको फुटेको थियो । ३० वर्षीय गुरुङलाई चरक हस्पिटलबाट मनिपाल कलेज रिफर गरिएकोमा उपचारकै क्रममा तीन घण्टापछि मृत्यु भएको कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

यही २७ गतेबाट आईसियुमै राखेर उनको उपचार गरिँदै आएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । उनको मानसिक असन्तुलन देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईन्छ ।

तीन दिनदेखि उपचाररत उनी अर्को बेडबाट झ्यालतिरको बिरामी नाघेर सिसा फुटाई हाम्फालेका थिए । गुरुङकी श्रीमती घटनापछि बेहोस् अवस्थामा थिईन् । उनीहरुले महेन्द्रपुलमा फेन्सी स्टोर्स सञ्चालन गर्दै आएका छन् ।

तस्विरः विक्रम थापा मगरको फेसबुकबाट ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds