गण्डक न्युज पोखरा, २८ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा जस्ता पर्यटकीय क्षेत्र सधैं खुला हुनुपर्ने बताएका छन् । पर्यटकीय क्षेत्रमा रात्रीसेवा नहुँदा पर्यटकलाई असर पर्ने अधिकारीको भनाई छ ।
पोखराको फेवा ताल किनार स्थित कोमागाने पार्कमा बुधबारदेखि सुरु १५ औं फेवा नव वर्ष महोत्सव २०७५ को उद्घाटन समारोहमा प्रमुख अतिथि अधिकारीले फेवा तालको संरक्षणका लागि छुट्टै परियोजनाको काम अघि बढिसकेको समेत जनाए ।
https://www.facebook.com/Rabindra.Adhikari.UML/videos/1445185918918717/?t=857
‘फेवातालको दुई भागमा बाँडेर काम सुरु हुनेछ । फेवातालको माथिल्लो भागमा भएको अतिक्रमण रोक्ने, लेकसाइड फराकिलो बनाउने, जाइकालाई जोड्ने प्रयासमा पनि छौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्नेछ ।’

कूल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान साढे सात बाट २५ प्रतिशत पुर्याइने पनि उनले बताए । अधिकारीले विमानस्थलसँगै सडक पूर्वाधार पनि तयार हुनुपर्नेमा जोड दिँदै सरकारले १०० दिनमा गर्ने योजना सार्वजनिक भईसकेको र काम पनि सुरु भईसकेको उल्लेख गरे ।
पोखरा विमानस्थल बाहेक नेपालका पाँच वटा विमानस्थल छनोट गरी राति पनि सेवा दिने अवस्था सिर्जना गर्ने तयारी भएको र एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको काम अघि बढि सकेको पनि मन्त्री अधिकारीले जानकारी दिए ।

‘भ्रमण वर्ष अघि नै हरेक प्रदेशमा मुख्य पर्यटकीय गन्तव्य त छँदैछ, एक सय वटा गन्तव्य बनाउनुपर्नेछ । निजी क्षेत्र, सामाजिक सेवामा क्रियाशील संस्थाहरुसँग पनि सहकार्य गर्न तयार छौं ।’ अधिकारीले भने– ‘गुणस्तरीय, बढी खर्च गर्ने पर्यटकहरु बनाउन प्रयत्नशील रहौं । हरेक पर्यटकीय गन्तव्यमा हवाई सेवा पुर्याउने, नभए सडक सञ्जाल वा हेलिकोप्टर सुविधा नै दिने सोचमा छौं ।’

एक पार्टीले अर्को पार्टी, नेतालाई गाली गरेमा ठूलो होईन्छ, आफू राम्रो भइन्छ भन्ने राजनीतिक कुसंस्कारको अन्त्य गर्दै मुलुकको समृद्धिमा सबै हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । ‘यो सरकार जनताको सरकार हो । प्रतिपक्षी दललाई हेप्न, पक्षपात गर्न बनेको होईन । सुशासन र समृद्धि कायम गर्न अघि बढेको सरकार हो । हाम्रो ध्यान समृद्धि र विकासतर्फ छ ।’ अधिकारीले भने । पोखरा र वरपरको क्षेत्रमा दर्जनौं होमस्टे विकास गर्ने र स्थानीय उत्पादन खुवाउने होमस्टेलाई मात्र सरकारले प्रोत्साहन र सहयोग गर्ने उनले बताए ।

प्रदेश ४ का पर्यटन मन्त्री विकास लम्सालले प्रदेश ४ र खास गरी पोखरा आउने पर्यटकको तथ्यांक राख्ने काम थालिने र प्रवद्र्धनको कामलाई अगाडि बढाइने सुनाए । पोखरामा अन्तर्राष्ट्रिय स्तरको सेमिनार हल बनाइने आश्वासन पनि उनले दिए । कोरलादेखि सुस्तासम्म स्तरीय सडक निर्माण गर्ने योजना पनि मन्त्री लम्सालले सुनाए ।

कार्यक्रममा प्रदेश ४ का सांसद कृष्ण थापाले पर्यटन मन्त्रालयको जिम्मा यसपटक पोखराले पाएकाले यसपटक पनि पोखराको पर्यटन क्षेत्रमा केहि काम हुन सकेन भने कहिल्यै हुन नसक्ने भन्दै मन्त्री अधिकारीको ध्यानाकर्षण जनाए । अर्का सांसद राजिव पहारीले पोखराको फेवाताल संरक्षणमा आफूले दुई महिनाको तलब दिएर सुरुवात गरेकाले पोखराको चिनारी फेवातालका लागि अविलम्व काम सुरु गर्नुपर्ने बताए ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, वडा महिला समन्वय समिति बैदामकी अध्यक्ष विष्णु केसी र आयोजक संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले भनाई राखेका थिए ।

महोत्सव उद्घाटन अघि लेकसाइड स्थित हल्लनचोकबाट निकालिएको झाँकी सहितको सांस्कृतिक ¥याली तीन किलोमिटर दक्षिणको कोमागाने पार्कमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो ।

फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवले पर्यटन, संस्कृति र खानाको पक्षलाई बढी जोड दिएको अध्यक्ष तुलाचनले जानकारी दिए । नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्धेश्य महोत्सवले लिएको छ । महोत्सवमा ४० स्टल छन् ।
नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुती, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता जस्ता आकर्षण महोत्सवले समेट्दै छ । यति ब्रुअरीको अर्ना वियर महोत्सवको मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ ।

सम्बन्धित खबर
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन