राजकिरण छत्कुली, हेटौंडा २८ चैत । हेटौंडाकी चेली श्रृंखला खतिवडा यो बर्षको ‘मिस नेपाल वल्र्ड’ को उपाधि जित्न सफल भएकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’ को उपाधि जितेकी हुन् ।
प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको ‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।
२३ औं मिस नेपाल बन्नैको लागि हेटौंडाकी चेली श्रृंखला खतिवडा प्रतिष्पर्धामा होमिएकी थिईन् । पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर शिक्षा लिएकी श्रृंखला यसपटक मिस नेपालको ताज शिरमा पहिर्याउने उद्देश्यले प्रतियोगी बनेकी थिईन् । उनी मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्ने एकमात्र युवती हुन् । २२ वर्षीया श्रृंखलाको उचाई ५ फिट ६ ईञ्च रहेको छ । लुमन्ती सपोर्ट समूहमा आर्किटेक्टका रुपमा उनको कार्यअनुभव छ ।
सौन्दर्य प्रतियोगितामा होमिएकी उनको पारिवारिक पृष्ठभूमि भने राजनीतिक हो । बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नं. २ का निर्वाचित नेकपा एमाले सांसद हुन् । आमा मुनु सिग्देल पार्टीकै जिल्ला अध्यक्ष तथा प्रदेश सांसद हुन् । परिवारले राजनीतिक परिवारका छोरी रोलमोडल बनोस् भन्ने उद्देश्यले प्रतियोगितामा पठाउन कुनै रोकतोक गरेनन् ।
यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनलाई सन् २०१७ कि ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । साथमा, उनले नगद १ लाख नगद पनि प्राप्त गरिन् ।
प्रतिस्पर्धामा ‘मिस नेपाल अर्थ’ को उपाधि प्रिया सिग्देलले जितिन् । उनलाई ‘मिस नेपाल अर्थ–२०१७’की विजेता रोजिना श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने नगद १ लाख पुरस्कार पनि प्राप्त गरिन् ।
यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् । उनलाई सन् २०१७ कि ‘मिस नेपाल इन्टरनेशनल’ नीती शाहले क्राउन लगाइदिएकी थिइन् । उनले एक लाख नगद पुरस्कार समेत जितिन् । साथै, उनले ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् ।
द हिडेन ट्रेजरले आयोजना गरेको यस बर्षको ‘मिस नेपाल २०१८’मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा रहेका थिए । काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल’मा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगीतामा विभिन्न १२ विधामा टाइल अवार्ड पनि दिइएको थियो । टाइटल अवार्डका विजेताहरुको नामावली यसप्रकार छः
ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवड
मिस फ्रेन्डसिपः साहारा लामा
मिस फोटोजेनिकः महिमा सिंह
मिस पक्चुअलः लक्ष्मी पौडेल
मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना
मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ
मिस कन्फिडेन्टः आस्था साख
मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
मिस ग्ल्यामरः मनिता देवकोटा
मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी
मिस ट्यालेन्टः रोनाली अमात्य
ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल
हेर्नुहोस् श्रृंखलालाई १२ तस्विरमा:
.

.

.

.

.

.

.

.

.

.

.

तस्विरः श्रृंखला खतिवडाका फेसबुक तथा इन्स्टाग्राम
सम्बन्धित खबर
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
झण्डै साढे ११ करोडको ८ किलो बढी सुनसहित हेटौँडाबाट २ जना पक्राउ
मकवानपुरमा पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ जना बालक सबै मृत भेटिए
मकवानपुरमा एन्फा एकेडेमीका बेपत्ता छ बालकमध्ये ३ जनाको शव भेटियो
हेटौँडामा कार दुर्घटना हुँदा पोखराका श्रेष्ठसहित तीन घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो