पोखरा घुम्न आएका नवलपरासीका शिक्षकको होटलको झ्यालबाट खसेर मृत्यु

पोखरा घुम्न आएका नवलपरासीका शिक्षकको होटलको झ्यालबाट खसेर मृत्यु

Hotel Prime

पोखरा, २८ चैत र नवलपरासीबाट पोखरा घुम्न आएका एक शिक्षकको होटलको झ्यालबाट खसेर मृत्यु भएको छ । नवलपरासी बर्दघाट नगरपालिका– ११ का रामप्रसाद आचार्यको पोखरा ६ लेकसाईड स्थित होटल प्राईमको झ्यालबाट गएराती खसेर रहस्यमय मृत्यु भएको छ ।

बर्दघाटको माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका शिक्षक २७ वर्षीय आचार्यको घर पनि त्यहीं हो ।आचार्यको गएराती होटलको तिन तला माथिको भ्यालबाट खसेर मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

विद्यालयका ११ जनाको टोली मंगलबार पोखरा आएसँगै होटल प्राईम लेकसाईडमा बसेको बताईन्छ । २ साथी सहित आचार्य तेस्रो तलाको कोठा नं. ३०३ मा बसेका थिए ।

उनी कसरी झ्यालबाट खसे भन्नेबारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds