पोखरा विमानस्थलमा यति जहाजको ह्विल लक

पोखरा विमानस्थलमा यति जहाजको ह्विल लक

yeti-airlines

पोखरा, २७ चैत । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाजको अचानक ह्विल लक भयो । रनवे मा गुड्दै गर्दा प्लेनको ह्विल लक भएपनि कुनै मानवीय वा भौतिक क्षति भएको छैन ।

प्लेन धावनमार्गमै रोकिएपछि सबै उडान प्रभावित भएका छन् । अहिले लक खोल्ने प्रयास भइरहेको छ । रनवेमा रोकिएको जहाजलाई पार्किङ स्थलमा पुर्याएर उडान सञ्चालन गर्ने तयारी गरिएपनि त्यो सफल भएको छैन ।

‘यहाँको प्राविधिक टोलीले लक खोल्न नसकेपछि सानो जहाजमा काठमाडौंबाट प्राविधिक टोली ल्याउने तयारी भइरहेको छ’, विमानस्थल श्रोतले भनेको छ ।

पोखराम दैनिक तीन दर्जन उडान हुँदै आएको छ । यतिसँगै बुद्ध एयर, सिम्रिक, तारा, नेपाल वायु सेवा निगमले उडान भर्ने गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ