मदनकृष्ण श्रेष्ठलाई सहानुभूति दिन पुगे मन्त्री लालबाबु पण्डित

मदनकृष्ण श्रेष्ठलाई सहानुभूति दिन पुगे मन्त्री लालबाबु पण्डित

lalbabu madan (2)

काठमाडौं, २६ चैत । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अहिले पत्नी शोकमा छन् । श्रेष्ठकी धर्मपत्नी यशोदा सुवेदी श्रेष्ठको एक साताअघि निधन भएको थियो । अहिले कलाकार श्रेष्ठलाई समवेदना दिन विभिन्न क्षेत्रका व्यक्तित्व, शुभचिन्तक, आफन्त उनको निवास पुगिरहेका छन् ।

यसैक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सोमबार बिहान कलाकार श्रेष्ठ निवास सुनाकोठी पुगेर समवेदना व्यक्त गरेका छन् ।

मन्त्री पण्डितले शोकमा परेका श्रेष्ठ परिवारसँग केही समय कुराकानी समेत गरे । मन्त्री पण्डित, मन्त्री पत्नी विमला महत पण्डित, स्वकिय सचिव ओसिम आलम सहितको टोली कलाकार श्रेष्ठलाई भेट्न पुगेका थिए ।

.

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds