बागलुङबाट पोखरा ल्याएर चरेश बेच्ने २ जना प्रहरी फन्दामा

बागलुङबाट पोखरा ल्याएर चरेश बेच्ने २ जना प्रहरी फन्दामा

baglung chares

पोखरा, २५ चैत । लागुऔषध नियन्त्रण व्युरो पोखराले लागुऔषध चरेश सहित २ जनालाई पोखराको जिरो किमिवाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको तारा गाउँपालिका ४ का १९ वर्षिय विष्णु कडेल र वर्ष १८ का सुवास गौतम रहेका छन् । उनिहरुको साथवाट प्रहरीले ३ के।जि। चरेश बरामद गरेको हो ।

बागलुङबाट पोखराका विभिन्न स्थानमा प्रतिबन्धित लागुऔषध चरेस ल्याई विक्रिवितरण गर्दछन् भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण व्यूरो पोखरावाट प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको कमाण्डमा खटेको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यसअघि यही चैत्र २३ गते लागुऔषध नियन्त्रण व्यूरो पोखराले पोखराको घारीपाटनबाट दुई जनालाई गाजाँ र चरेस सहित पक्राउ गरेको थियो । उनिहरु संग कै सोधपुछका आधारमा आज निजहरुलाई पक्राउ गर्न सफल भएको लागूऔषध नियन्त्रण ब्यूरो पोखराका प्रमुख प्रहरी निरीक्षक गुरुङले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ