पोखरा, २५ चैत / कास्की प्रहरीले पोखराका विभिन्न ठाउँममा चेक जाँचका क्रममा शनिबार राती चोरी निकासी गर्न लागेका ९ गोलीया काठ, ५ थान मोटर साईकल सहित ४६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धान भईरहेको जनाएको छ ।
कास्की जिल्लाको सुरक्षा स्थितीलाई आँकलन गरी तयार पारिएको १५ बुँदे कार्ययोजना अन्तरगत अपराध नियन्त्रण तथा रोकथाम प्रमुख प्राथमिकता, अबैध लागू औषध कारोबार रोकथाम नियन्त्रण एवं आक्रामक कार्वाही तथा गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा अन्तरगत अभियान चलाएको हो ।
सोही स्विप अप्रेशनको क्रममा खटिएको प्रहरी टोलीले पोखरा १७ डयामसाइडमा भोगेन्द्र तामाङले संचालन गरेको फ्लोरिडा गेष्ट हाउसमा जुवातास खेलिरहेको अबस्थामा ४ बुक तास र नगद सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५२ हजार सहित नियन्त्रणमा लिई हो ।
पक्राउ पर्नेहरु:
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ४० को भोगेन्द्र तामाङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ४३ को नरेश गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ४३ को राज कुमार गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ घारीपाटन बस्ने वर्ष २९ को राज कुमार श्रेष्ठ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ हिमालीटोल बस्ने वर्ष ३८ को दिपक गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ घारीपाटन बस्ने वर्ष ३१ को सुन्दर गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ३९ को अजय गौचन ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका ०६ वैदाम बस्ने वर्ष ४० को दिपक भट्टचन ।
सम्बन्धित खबर
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु