‘एलजी ग्रुप’ का ललित गुरुङ सहित ३ पक्राउ

‘एलजी ग्रुप’ का ललित गुरुङ सहित ३ पक्राउ

Tandav_lalit-gurung

चैत, २५ पोखरा । पोखरामा कुनै समय थियो, एलजी ग्रुप भनेपछि धेरै डराउथे । पोखराको लालीगुराँस टोलका युवाहरु भन्नेबित्तिकै अरु युवाहरु थर्कमान हुन्थे । लाली गुराँस टोल, एलजी ग्रुप भन्ने बित्तिकै ललित गुरुङलाई सम्झिन्छन् । काठमाण्डौमा अरु मुख्य गुण्डा नाइके सल्बलाउँदा पोखरामा गुण्डा नाइके नै ललित थिए ।

तर, पछिल्लो समय पोखरामा टोले गुण्डाको बिगबिगी भने छैन । एलजी ग्रुप छिन्न भिन्न भयो । अहिले एलजी एशोसियसनकै नाममा केहि समाजसेवाका काम गर्दै पुरानो छवि मेटाउने प्रयासमा युवाहरु छन् ।

पोखरा र आसपासका क्षेत्रमा गुन्डागर्दी तथा चन्दाअसुली धन्दा चलाएको अभियोगमा ललित गुरुङसहित तीन जना पक्राउ परेका छन् । ललितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।

‘एलजी ग्रुप’को नाममा गुन्डागर्दी तथा चन्दाअसुली धन्दा चलाउँदै आएका ललित यसअघि पनि पटकपटक पक्राउ परेका थिए । गुरुङले पछिल्लो समय म्यानपावर व्यवसायीदेखि उद्योगी तथा होटल व्यवसायीसँग चन्दा माग्ने र धम्क्याउने गरेको प्रहरीले बताएको छ ।

ललित तरुण दल लमजुङका उपसभापतिसमेत हुन् । प्रहरीले निगरानी गर्न थालेपछि उनी राजनीतिक संरक्षणको खोज्दै तरुण दलको नेता बनेका थिए । ललितसँगै अन्य २ जनालाई पोखरा बैदामबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको अनलाइनखबरका लागि अमृत सुवेदीले लेखेका छन् । धाकधम्की देखाई चन्दा असुली गर्ने काममा सक्रिय रहेको सूचनाका आधारमा पक्राउ गरिएको र क-कसलाई धम्की दिएका थिए र कति चन्दा असुल गरिरहेका थिए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा-१२ बस्ने ३४ वर्षीय ललितसँगै शितलादेवी बस्ने २६ वर्षीय दिपेन्द्र परियार र पोखरा-५ बस्ने २५ वर्षीय संगम थापा पक्राउ परेका हुन् । आइतबार नै म्याद थप गरेर अनुसन्धान सुरु भएको जनाइएको छ ।

चन्दा, हातहतियार, कुटपीट लगायतमा पक्राउ परेका पटके गुन्डा हुन् । कास्कीको सुरक्षा स्थितिलाई बलियो बनाउन १५ वुँदे कार्ययोजनासहित अपराध नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा राखेर प्रहरीले अभियान चलाइरहेको छ ।

गुण्डागर्दी नियन्त्रणमा शून्य सहनशीलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds