पोखरा, २५ चैत । गाँजा लिएर हिँडेपछि पोखरा र स्याङ्जाका दुई जना पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका १७ घारीपाटनबाट लागूऔषध सहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गाजाँ र गाजाँको तयारी धुलो (पोलेण्ड) सहित पोखरा १८ सेदीबगर निवासी २५ वर्षिय जगत बहादुर नेपाली र स्याङजाको आधिखोला गाउँपालिका ४ निवासी १८ वर्षिय बिनोद परियार पक्राउ परेको प्रहरी उपरीक्ष विरेन्द्र कुमार बस्यालले जानकारी दिए ।
पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा अबैध लागूऔषध गाँजा बिक्री बितरण, ओसारपसार, सेवन तथा सञ्चय समेत गर्ने गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो पोखरावाट खटिएको प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ सहितको प्रहरी टोलिले २ किलो ३ सय २० ग्राम गाँजा र ८ सय ग्राम गाँजाको तयारी घुलो ९पोलेण्ड० सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट स्यामसुङ र लाभाको एक एकवटा मोवाइल समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहिको लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।
सम्बन्धित खबर
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
प्रथम पिंक सिटी महोत्सव फागुन २१ देखि, तयारी अन्तिम चरणमा
प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम