फेरि अर्को दुर्घटनाः सराङकोटबाट झरेको होटलको हाइसले ठक्कर दिँदा पुनको मृत्यु

फेरि अर्को दुर्घटनाः सराङकोटबाट झरेको होटलको हाइसले ठक्कर दिँदा पुनको मृत्यु

sarangkot acc (5) copy

गण्डक न्युज पोखरा, २४ चैत / पोखराको पर्यटकीय गन्तव्य सराङकोटबाट विन्ध्वासिनी चोक तर्फ झरिरहेको पर्यटक हाइसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

अपरान्ह साढे ५ बजे उकालो उक्लिरहेको ग १२ प ४७२८ नम्बरको स्कुटरमा सवार स्थानीय ३६ वर्षीय रामु पुनको मृत्यु भएको हो ।

लेक भ्यु रिसोर्टको ग १ प ६८ नम्बरको हाइस गुम्बा नेरको घुम्तीमा स्कुटरलाई ठक्कर दिन पुगेको थियो । झण्डै १० मिटरसम्म लछारेर घरसम्मै पुगेको थियो । प्रत्यक्षदर्शीका अनुसार ओरालो झरिरहेको माईक्रोले स्कुटरमा सवार पुनलाई ठक्कर दिएर लछारेर घरको पेटीसम्मै पुगेको हो ।

दुर्घटना हुने बित्तिकै रक्ताम्य पुनलाई फिस्टेल अस्पताल लगिएपनि चिकित्सकले मुत्यु भइसकेको बतायो । मृतक पुनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । दुवै सवारी र माइक्रो चालक प्रहरी नियन्त्रणमा छन् ।

पछिल्लो समय सवारी दुर्घटना बढेको छ । दुई दिन अघि मात्रै हेम्जामा ट्रकको ठक्करबाट स्कुटर चालककै ज्यान गएको थियो ।

तस्विरः महोदत्त काफ्ले

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds