लेखनाथमा जलेको अवस्थामा युवकको शव भेटियो

लेखनाथमा जलेको अवस्थामा युवकको शव भेटियो

jungle dead body

फाइल तस्विर

गण्डक न्युज पोखरा, २३ चैत । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ मजुवाको सामुदायिक बनक्षेत्रमा एक युवकको शव फेला परेको छ । जलाईएको अवस्थामा अन्दाजी २२/२३ बर्षका युवकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरी जलाएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय, डाँडाको नाकका प्रमुख डिएसपी गोविन्द पुरीले जानकारी दिए । ‘बिहान १० बजेपछि सूचना आएपछि हामी गयौं । स्थानीयले पनि पहिचान गर्न सकेनन् ।’ – डिएसपी पुरीले भने ।

उनका अनुसार शव चिनिने अवस्थामा छ । तर, शरीर जलेर कपडाविहीन अवस्थामा थियो । घटना गएरातिकै हो । हत्यापछि जलाएको वा जलाएरै हत्या भएको बारे अहिले केहि भन्न नसकिने उनले बताए । बाहिरी चोटपटक नदेखिएकाले पोष्टमार्टम पछि मात्रै हत्याको प्रकृति थाहा हुने प्रहरीले जनाएको छ । शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ