माधव केसी काठमाण्डौ, २३ चैत / माइक्रोसफ्टद्वारा आयोजित ‘इम्याजिन कप’ मा नेपालबाट सहभागी ‘टीम सोचवयर’ वल्र्डवाइड फाइनालिस्ट भएको छ । विद्यार्थी माझ हुने विश्वव्यापी वार्षिक प्रतियोगितामा नेपालले ठूलो सफलता हात पारेको हो ।
विश्वव्यापी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेसँगै सोचवेयर टीम यही जुलाइमा अमेरिकामा हुने विश्वप्रतियोगितामा भाग लिने अवसर मिलेको छ । ‘टिम सोचवेयर’ तीन युवा विद्यार्थीको समुह हो । सुचना प्रविधिले नै समाजको विकास गर्न सकिने विश्वास राखेका टिम सोचवेयरमा ईडा रिजाल (नेपाल इन्जिनियरिङ्ग कलेज), शिशिर श्रेष्ठ (मदन भण्डारी मेमोरियल कलेज), मिलन थापा (कलेज अफइन्फोरमेशन टेक्नोलोजी एण्ड इन्जिनियरिङ्ग) रहेका छन् ।
उनीहरुले एक सुचना प्रविधिको यन्त्रमार्फत कृषि क्षेत्रको समस्यालाई समाधान गर्ने प्रयत्न गरेका छन् । सो यन्त्रले कृषि, खेतिपातिमा लाग्ने रोगलाई उजागर गरी किसानलाई उपयुक्त समाधान र जानकारी दिनेछ । जसले गर्दा कृषिलाई स्वस्थ बनाउने र हाइजेनिक अन्न उत्पादन गर्न प्रेरित गर्दछ । मानव स्वास्थ्य सँग जोडिएको अन्नलाई हाइजेनिक बनाउन सके मानवस्वास्थमा पनि सकरात्मक प्रभाव पर्ने टिमको विश्वास छ ।
सन् २००३ देखि सुरु भएको यो कपको १६ औँ संस्करणमा पुर्वी एशिया क्षेत्रमा मलेसियाको टीम पाइन च्याम्पियन बन्यो । यस्तै, थाइल्याण्डको बीकनेक्स फस्र्ट रनरअप, सिंगापुरको टीम सेभनएक्स सेकेण्ड रनरअप बन्यो । नेपालसँगै इन्डोनेशियाको बीहाइव ड्रोन, कोरियाका दुई टीम क्लासम र ईएन ह्यास ट्वान्टीटु प्वाइन्ट फोर फाईभ केएम टीम फाइनालिस्ट बन्दै विश्वव्यापी प्रतियोगितामा सभागी हुने अवसर पाए ।
अघिल्लो संस्करणमा विश्व प्रतियोगितामा ३९ देशबाट ५४ ओटा टिम ले भाग लिएका थिए । जसमा नेपाल उत्कृष्ठ १० मा पर्न सफल भएको थियो । इम्याजिन कप एक प्रविधि विधाअन्तर्गत क्रियटिभ र इनोभेटिभ प्रतियोगिता रहेको कुरा इम्याजिन कपका म्यानेजर प्यावलो भेरामेण्डीले जनाए ।

सम्बन्धित खबर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुरिँदै
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक, मूल्य कति ?
दुई यात्रीलाई अन्तरिक्षमै छाडेर बोइङको स्टारलाइनर पृथ्वीमा फर्कियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो