प्रदेश ४ को नामाकंन समितिले काम थाल्यो

प्रदेश ४ को नामाकंन समितिले काम थाल्यो

pradesh savaa

पोखरा, चैत २३ ।  संसदले गठन गरेको प्रदेशको नामाकंन र राजधानी तोक्नका लागि बनेको सिफारिस समितिको बैठक बुधबार बसेको छ । बैठकले नामाकंनका बारेमा जिल्ला तहमा सरोकारवालासहितको बैठक र छलफल गर्ने निर्णय गरेको छ ।

चैत २८ गते पहिलो पटक कास्कीको जिल्ला समन्वय समितिमा छलफल गरेर बाँकी जिल्लामा छलफलको कार्यसूची तयार गर्ने समितिका सदस्य विन्दुकुमार थापाले जानकारी दिए । उनका अनुसार कास्की बाहेकका १० जिल्लालाई ३ वटा क्लष्टरमा विभाजन गरेर प्रतिनिधी समेत तोकिएको छ ।

पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा समितिका सदस्यहरु दीपक कोइराला, सावित्रा राना, कृष्ण थापा र चन्द्रबहादुर बुढा छलफलमा जानेछन् । लमजुङ, गोरखा र मनाङमा सांसदहरु मधु अधिकारी, धनञ्जय दवाडी र हरिशरण आचार्य तथा नवलपुर, तनहूँ र स्याङजामा भगवत प्रकाश मल्ल, विन्दुकुमार थापा, मीनप्रसाद गुरुङ र सरिता गुरुङ लाई खटाउने निर्णय भएको थापाले जानकारी दिए ।

उनीहरुले छलफलमा उठेका नामबारे समितिमा एकीकृत गरेर छलफल गरी उपयुक्त नामहरु संसदसभामा प्रश्ताव गर्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds