फेवातालमा डुंगाबाट खस्दा तनहुँका गुरुङको मृत्यु, लाइफ ज्याकेट अनिवार्य छ तर …

फेवातालमा डुंगाबाट खस्दा तनहुँका गुरुङको मृत्यु, लाइफ ज्याकेट अनिवार्य छ तर …

fewa lake

गण्डक न्युज पोखरा, २२ चैत । पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण फेवातालमा डुबेर तनहुँका युवकको ज्यान गएको छ ।

विहीबार दिउँसो ३ बजेतिर तालको बीचमा अवस्थित तालबाराही मन्दिर दर्शनका लागि जाँदै गर्दा डुंगाबाट खस्दा तनहुँ शुक्लागण्डकी, दुलेगौंडा निवासी ३१ बर्षिय राजु गुरुङको मृत्यु भएको हो ।

कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार मन्दिर दर्शनका लागि एकै डुंगामा सात जना सवार थिए । राजु आफैले डुंगा खियाउँछु भनेर बसेका थिए तर मन्दिर परिक्रमा गर्दै गर्दा एक्कासी तालमा खसेका हुन् । राजुलाई तत्काल उद्धार गरी मेट्रो सिटि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

तिर्थालुका अनुसार सशस्त्र प्रहरीको मोटरबोटको छालले डुङ्गा असन्तुलित भएपछि उनी तालमा खसेका थिए । उनलाई डुङ्गा व्यवासायी पुकार गुरुङले पौडीएर निकालेको उनीहरुको भनाई छ ।

तालमा सयर गर्न आउने आन्तरिक र बाह्य पर्यटकको डुबेर मृत्यु हुने क्रम बढेपछि न्यूनीकरणका लागि सशस्त्रको टोली त्यहाँ खटिएको पनि छ । यस्तै, लाइफ ज्याकेट अनिवार्य गरिएको छ । प्रहरीका अनुसार लाइफ ज्याकेट लगाइएको थिएन ।
उनी पोखरा आफन्तकहाँ आएको र आफन्तसँगै फेवाताल पुगेको प्रहरीले बताएको छ ।  पौडी खेल्न नजान्ने, मौसम गडबडी, आत्महत्याको प्रयत्न, तालको गहिराइको जानकारी नहुनु र पर्याप्त होसियारी नअपनाउँदा फेवातालमा यस्तो दुर्घटना हुने गरेको छ । फेवातालमा डुङ्गा सयरको आनन्द एकातिर छँदैछ अर्कातिर यसले जोखिमसमेत निम्त्याइरहेको छ ।

तालबाराही मन्दिरको पश्चिमस्थित अनदु टुडोस्थित क्षेत्र सबैभन्दा जोखिमपूर्ण छ । जुन भाग ७० फिटभन्दा बढी गहिरो रहेको छ । कतिपय सिकारुले डुङ्गा चलाउँदा सावधानी नअपनाउँदासमेत डुङ्गा डुबेर ज्यान जाने गरेको छ ।
डुङ्गा चालकको लापर्बाही र एउटै डुङ्गामा क्षमताभन्दा बढी यात्रु राख्न कडाई गर्नुपर्ने देखिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds