गण्डक न्युज पोखरा, १९ चैत / पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ मालेपाटन स्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प ‘कालिका फ्युल स्टेशन’ मा रोकिराखेको ट्रक एक्कासी ब्याक हुँदा चार सवारीमा क्षति पुगेको छ ।
बेलुकी साढे ५ बजेतिर पेट्रोलका लागि लाइनमा रहेकाबेला नजिकै पार्किङ गरिएको ग १ ख ७९२७ नम्बरको ट्रक एक्कासी गुडेको हो । पेट्रोल हाल्न लाइनमै रहेका सवारीहरु समेत भाग्न पाएनन् र ट्रक मुनी किचिए ।
ट्रक आफूहरुतिर आउन लागेपछि भाग्दा सामान्य चोट लागेको पोखरा वडा नंं ४ सदस्य सुवर्णजंग केसीले जानकारी दिएका छन् । ट्रकले किचेर ग६प ३३६६ नम्बरको मोटरसाईकल, ध१प ४१६६ नम्बरको मोटरसाईकल र दुई वटा डिओ स्कुटरमा क्षति पुगेको छ । ग६प ३३६६ नम्बरको मोटरसाइकलमा केसी सवार थिए । उनले हामफालेर ज्यान बचाएको बताएका छन् ।
तत्काल भागेकाले मानवीय क्षति हुन नपाएको प्रत्यक्षदर्शी प्रेम गिरीले बताए ।
https://www.facebook.com/subarna.subarnajungkc/videos/1677055695720607/
.
.
.
Pic. Subarna Jung Kc, Prem Giri
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ