पोखरा, १६ चैत । कास्की, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासी लगाएतका जिल्लामा रहेका एनसेल टावर बिहिबार राति ध्वस्त बनाइएको छ ।
एनसेल कर नतिर्ने भन्दै ध्वस्त पारिएको नेकपाले जनाएको छ । कास्कीको लामा गाउँमा रहेको एनसेल टावरमा पनि राती नै आगजनी गरि ध्वस्त पारिएको खबर छ ।
यस्तै, कपिलवस्तुको विजयनगर गाउपालिका जुटपानिमा र बाणँगगा नगरपालिका जिनउमा रहेका २ एनसेल टावरमा पुर्ण रुपमा ध्वस्त भएको बुझिएको छ । यस्तै रुपन्देहीको रुद्रपुरमा रहेको एनसेल टावर समेत अागो लगाएर ध्वस्त पारिएको छ ।
यसैबीच, नवलपरासीमा रहेको टावर माथि पनि अागजनि गरि ध्वस्त पारिएको बुझिएको छ । यस्तै स्याङ्जाको विर्घामा, पाल्पाको माथगढि, गुल्मीमा पनि एनसेल टावर ध्वस्त भएको छ ।
यस्तै, बागलुङको कोठेखोला,सिन्धुलीको कपिलाकोट लगाएत देशभरका विभिन्न एनसेल टावर मध्यराति टावर ध्वस्त भएको छ ।

गोरखा एनसेलमा आगलागी
गोरखाको गण्डकी गाउँपालिका ५, गैरीछापमा रहेको एनसेल मोबाइलको टावरमा आगजनी भएको छ । बिहिबार राति अज्ञात समूहले टावरमा आगजनी गरेको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए ।
टावरमा प्रयोग हुने उपकरणहरु, जेनेरेटर, तारहरु जलेर नष्ट भएको उनले बताए । घटनाको अहिलेसम्म जिम्मेवारी कसैले नलिए पनि नेत्रविक्रम चन्द(बिप्लव) नेतृत्वको नेकपाले नै जलाएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

सम्बन्धित खबर
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
प्रथम पिंक सिटी महोत्सव फागुन २१ देखि, तयारी अन्तिम चरणमा
प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
बागलुङका ६ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’
रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजना पक्राउ
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम