पोखरा, १६ चैत । प्रदेश नं. ४ कै अग्रणी अनलाइन ‘गण्डक न्यूज डटकम’ का प्रधान सम्पादक रञ्जन अधिकारी सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित ‘जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४’ बाट अधिकारी सम्मानित भएका हुन् ।
प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रतिभा छनौट समिति संयोजक पुण्य पौडेल लगायतले अधिकारीलाई पुरस्कृत गरे ।
पोखराको पहिलो पत्रकार सिग्देलको स्मृतिमा परिवारजनले पुरस्कार स्थापना गरेका हुन् । प्रतिभा छनोट समितिले अधिकारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।
सम्पादक अधिकारी अहिले आदर्श समाज राष्ट्रिय दैनिक र बिग एफएममा कार्यरत छन् । विगत ९ वर्षदेखि पत्रकारितामा क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्यसमेत हुन् । खेलकुद पत्रकार मञ्च कास्कीका सचिव अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्ष पनि हुन् ।

२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर पत्रकारितामा सक्रिय छन् । छापा माध्यममा कास्की आवाजबाट अनुभव बटुलेका अधिकारी अनलाइनमा समेत गोलनेपाल डटकम, खेलदैनिक डटकम र एभिन्युज टेलिभिजनमा जोडिएका छन् ।

पत्रकार अधिकारीको यो दोस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित अधिकारी सबै क्षेत्रमा कलम चलाउँदै आएका छन् । प्रतिभा छनोट समितिमा पुण्य पौडेल, घनश्याम पाण्डे, दुर्गा अधिकारी, महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना रहेका थिए ।
नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा कास्की शाखाले पोखरामा पत्रकार तथा सहयोगीलाई सम्मान गरेको छ । शुक्रवार महासंघ कास्कीको भवनमा एक कार्यक्रमकाबीच पत्रकारलाई पत्रकारिता पुरस्कार सहित महासंघलाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

महासंघवाट संचालित तथा उद्योगी सूर्यवहादुर केसीवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७४ वाट प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार वद्री विनोद प्रतीक पुरस्कृत भएका छन् । प्रतीक नगद रु. १ लाख ११ हजार १ सय ११ सहित ताम्रपत्र तथा दोसल्लावाट पुरस्कृत भएका हुन् ।

त्यसैगरी, पोखरा पत्रकारिता सम्मानवाट वरिष्ठ कार्टुनिष्ट दुर्गा वराल वात्सायन नगद रु ३३ हजार १ तथा सहित ताम्रपत्र र दोसल्लावाट पुरस्कृत भए ।
पोखरा पत्रकारिता संस्थागत सम्मान पोखरा लेखनाथ महानगरपालिका कार्यालयले पायो । जगन्नाथ सिग्देल स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार २०७३ वाट रुद्र श्रीसमगर पुरस्कृत भए । जसको राशी ११ हजार १ सय ११ रहेको छ ।
त्यस्तै महासंघको जग्गा प्राप्ति, भवन निर्माण, अक्षयकोष वृद्धि र पूर्वाधार सम्पन्न वनाउन सहयोग पुर्याउने व्यक्तित्वहरु विश्वप्रकाश लामिछाने, सन्तोष घिमिरे, ललित गुरुङ, डा.चन्द्रवहादुर गुरुङ र नगरपालिकाका इन्जिनियर महेन्द्रवहादुर गोदारलाई पनि कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।
पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।
तस्विरहरुः उमेश पुन, दुर्गा प्रसाद पौडेल, सुदर्शन रञ्जित
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने