चार्जमा राखी चलाउँदा मोबाईल पड्कियो, तनहुँका काफ्ले घाइते

चार्जमा राखी चलाउँदा मोबाईल पड्कियो, तनहुँका काफ्ले घाइते

samsung-galaxy-note-2-fire-

पोखरा १५ चैत्र । चार्जमा राखेर चलाउँदै गर्दा मोबाइल पड्केर एक युवक घाइते भएका छन् । तनहुँ म्याग्दे गाउँपालिका ५ सागेका प्रकाश काफ्ले घाइते भएका हुन् ।

चार्जमा राखेर मोवबइल चलाउदै गर्दा एक्कासी पड्किदा काफ्लेको बुढी औँला र कान्छी औँलामा चोट लागेको छ भने दुवै हातको नाडीदेखी कुहिना सम्मको छाला र छातीको छाला खुइलिएको छ ।

घाइते काफ्लेलाई जिल्ला अस्पताल दमौली लगिएकोमा थप उपचारका लागि पोखराको मणिपाल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

काफ्लेले घरमा बत्ती आउने जाने गरिरहेको बेलामा मोबाइल चार्जमा राखेर चलाएको बुझिएको छ । यही कारण विस्फोट भर्इ करेन्ट लागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds