गण्डक न्युज पोखरा, १५ चैत / नेपाल र भारतका बीचमा भएका असमान सन्धि र सम्झौताहरु खारेजी तथा पुनरावलोकन गर्दै दुवै मुलुकलाई समान हित हुने किसिमका नयाँ सन्धि सम्झौता गर्नुपर्नेमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले जोड दिएका छन् ।
नागरिक समाज पोखराको सातौं साधारणसभामा प्रमुख अतिथि श्रेष्ठले नेपाल र भारतका बीचमा भएका अधिकांश सन्धि÷सम्झौताहरु नेपालको हितमा नरहेकाले त्यस्ता सन्धिरसम्झौता खारेज वा पुनरावलोकनका लागि नेपालले सशक्त कदम चाल्नुपर्नेमा जोड दिए । उनले १९५० को सन्धीको धारा १० ले संशोधनको छुट नदिएकाले यसलाई खारेजी नै गरेर बरु नयाँ समान हैसियतको सन्धी गर्नुपर्ने बताए ।
नेपालको सीमामा भारतले अतिक्रमण गरिरहेको उल्लेख गर्दै उनले दुई देशका विज्ञहरु बसेर अन्तर्रा्ष्ट्रिय नक्साअनुसार सीमांकनको काम टुंगाएमा हाल भारतले अतिक्रमण गरेको नेपाली भूभाग नेपालले नै पाउने बताए । उनले सुगौली सन्धिमा गुमेको नेपाली भूभाग फिर्ता पाउन नेपालले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालेमा गुमेको भूमि नेपालकै हुने जनाए । चीनले आफ्नो भूभाग हङकङलाई लामो समयपछि ब्रिटिशबाट फिर्ता लिएको उदाहरण दिँदै उनले नेपालले पनि पहल गरेमा फिर्ता आउने जनाए ।
‘सीमा भनेको संवेदनशील तत्व हो । सीमा मिचिए जनताको भूगोल फेरिन्छ । मुलुकको क्षेत्रफल साँघुरिन्छ ।’ उनले भने – ‘यो समस्या कुटनीतिक तबरले नै सल्टाउने हो । २ सय नम्बरको जंगे पिल्लरका कारण गोविन्द गौतम जस्ता होनहार युवाले गत वर्ष ज्यान गुमाउनुप¥यो । अवोध नागरिकले मृत्युवरण गरे । यसरी हुँदैन ।’
सीमाविद् श्रेष्ठले सिंगापुर, मलेसिया जस्ता देश एउटै व्यक्तिका कारण बनेकाले नेपालमा पनि त्यस्ता व्यक्तिको खाँचो औंल्याए । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन गर्दा मुलुक नै उज्यालो भएको भन्दै उनले यस्ता व्यक्तिहरुले आफ्ना विभाग व्यवस्थापन गरेमा मुलुक यसै समृद्ध बन्ने उल्लेख गरे ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते