एकै दिन चार बलात्कार घटना सार्वजनिक: बहिनी समेत छाडेनन्, बालिकामाथि सामुहिक, १० वर्षकी बालिकामाथि आफ्नै साथीहरु

एकै दिन चार बलात्कार घटना सार्वजनिक: बहिनी समेत छाडेनन्, बालिकामाथि सामुहिक, १० वर्षकी बालिकामाथि आफ्नै साथीहरु

Rape

पोखरा, १५ चैत / पछिल्लो समय बलात्कारका घटना सार्वजनिक हुने क्रम बढ्दो छ । विहीबार मात्रै तीन घटना सार्वजनिक भएका छन् । हाडनाता करणीदेखि, यौनजन्य गतिविधि थाहा हुने उमेर नभएका बालक समेत यस घटनामा संलग्न छन् ।

एउटै कक्षामा पढ्ने साथीबाट १० बर्षीया बालिका बलात्कृत, ९ वर्षका दुई बालक संलग्न

चितवन । एउटै कक्षामा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीका १० बर्षीया बालिका बलात्कृत भएकी छिन् । चैत ११ गते दिउँसो घरमा एक्ले सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छिन् ।

छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको हो । अभिभावक नुहाएर फर्किदाँ सुतिरहेकी बालिकामा उठबस गर्न नसक्ने, ज्वरो आउने, उल्टी गर्ने, पखाला लाग्ने समस्या देखिएको थियो । घटनाको भोलिपल्ट उनी सिकिस्त भएकी थिइन् ।

सुताउन लाग्दा बालिकाको योनी असामान्य देखेपछि अभिभावकले उपचारका लागि अस्पताल ल्याएका छन् ।बलात्कृत भएको चार दिनमा पनि बालिका राम्ररी होसमा आउन नसकेको अभिभावकले बताए ।

घटनामा संलग्न बालकहरु ९ बर्ष पाँच महिना र ९ बर्ष सात महिनाका रहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

धनुषामा १३ वर्षीया बालिका सामूहिक बलात्कृत, भिडियो समेत खिचेर कसैलाई भने ज्यान मार्ने धम्की

धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन् । यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको मौका छोपी सहिदनगर नगरपालिका– ८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दीपेश बिराजीले बालिका बलात्कार गरेका हुन् ।

आरोपीद्वयले बालिकाका आमाबुबा बाहिर गएको मोका छोपी बालिकालाई हात मुख बाँधेर अपहरण शैलीमा घर भन्दा एक किलोमिटर पर खेतमा लगेर पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । बलात्कार पछि सो घटनाको भिडियो समेत खिचेर कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको उनको गुनासो थियो ।

पीडित बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि इलाका प्रहरी कार्यालयले जनकपुर अञ्चल अस्पताल पठाएको छ भने घटनामा संलग्न फरार दुबै अभियुक्तको खोजतलास भइरहेको प्रहरी निरीक्षक पवन झाले बताए ।

आफ्नै दाजुबाट वलात्कृत

बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत वहिनीले मुद्धा दायर गरेकी छन् । यहि चैत्र १२ गते दिउँसो ३ वजेर १५ मिनेटको समयमा गुल्मी कै धुर्कोट गाउँपालिका वडा नम्वर ५ , वस्तु स्थित घरमा वसेकी १६ वर्षिया वहिनीलाई माईलो दाजुले घरमै वलात्कार गरेको ति वहिनीले बताईन् ।

प्रहरीले उनिहरु एउटै वावु आमाका सहोदर दाजु वहिनी भएकोले ति किशोरी समेतको हुलिया खुल्ने भएकोले त्यस वहिनी वलात्कारीको नाम समेत गोप्य राखेको छ । २८ वर्षिय नरपिचास त्यस दाजु गत १५ वर्ष देखि गुल्मी मै डोजर अपरेटरको काम गर्दै आएको थियो ।

वहिनीका अनुसार उनि माथी त्यस अघि पनि उसले दुई पटक वलात्कारको प्रयास गरेको थियो । अस्लील अंगहरु सुमसुमाउने देखि धेरै पटक जिस्काउने गरेको थियो । दुई पटक त वलात्कारको प्रयास गरेको थियो उनि भागेर वचेकी थिईन ।

अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए । ‘हामी जिल्ला प्रहरी कार्यालयमा पुग्दा वलात्कृत ति किशोरी कारुणीक अवस्थामा थिईन । ओठ मुख सुकेको थियो ।’ – चौधरीले बताए । तम्घासको सुविधा सम्पन्न एक वोर्डिङ्गमा स्कुलमा कक्षा ९ मा पढ्ने उनि केहि दिन अघि विरामी परेर घरमा गएकी थिईन् ।

उनले गला अवरुद्ध पार्दै आफ्नै दाजुबाट लुटिएको पिडा यसरी सुनाईन–‘एउटै आमाको एउटै दुधको लाम्टा चुसेर हुर्केका हौं । त्यस्तो कल्पना समेत कुनै वहिनी र दाजुले गर्न सक्दैनन । जुन कल्पना भन्दा वाहिरको कुरा ग¥यो मेरो माईलो दाजुले । म एउटी शिक्षित र सजग केटीका नाताले सहेर बस्न सकिन र मेरो ठुलो दाजुको सहयोगमा जाहेरी दिन आएको छु । मेरो यस घटनाले अव कोही कसैमा विश्वास भन्ने कुरा रहेन । विश्वास छ भने आफैमा निहित छ अव अरु कसै कसैमा रहेन भन्ने महुस गरेकी छु ।’

उनले निन्नाउरो अनुहार लगाउँदै थपिन–‘ निकै सुन्दर भविस्यको कामना गरेकी थिएँ , धेरै पढेर के के न गरुला भनेकी थिएँ तर आफ्नै दाजुले अस्मीता मात्र होईन मेरो भविस्य समेत खोस्यो ।

उनको स्वास्थ्य अवस्थाका वारेमा जिल्ला अस्पतालको सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझी संग सम्पर्क राख्दा उनि स्वास्थ्य उपचारका क्राममा दुई चोटी बोहोस भएको बताए । उनको स्तनमा समेत दाँतले टोकेको निला डामहरु थिए । थप परिक्षणका लागि काठमाण्डौ पठाईएको उनले जानकारी गराए ।

जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले यस घटनाको उच्चारण गर्न पनि मन नलागेको बताए । उनले आफ्नो लामो प्रहरी सेवा अवधीमा यो यस्तो लज्जीत घटना पहिलो भएको बताउँछन् ।

कडा भन्दा कडा कार्वाही हुनु पर्ने सर्वत्रले माग छ । गुल्मीमा सहोदर दाजुले वहिनी वलात्कार गरेको यो सम्भवतः पहिलो घटना हो । उनि घरकी कान्छि छोरी हुन् ।

गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरद्वारा बलात्कृत 

आफ्नी बिरामी आमाको उपचार गर्न आएकी एक महिला बलात्कृत भएकी छिन् । चैत ६ गते आमाको उपचार गराउन गंगालाल अस्पताल आएकी एक महिलालाई आफूलाई डाक्टर बताउने युवकले जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पाल्पा तानसेन नपा वडा न ११ घर भइ हाल काठमाडौं बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले युवतीलार्इ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

‘पीडितसँगको सामान्य भेटघाटको क्रममा म पनि डाक्टर हूँ गंगालाल अस्पतालको डाक्टरहरुसँग मेरो राम्रो चिनजान छ र तिम्रो आमाको उपचारमा म सक्दो सहयोग गर्न सक्छु’ भन्दै महिलालाई फकाई महिलालाई मित्रनगर स्थित होटल गोरखा फूलबारी गेष्ट हाउस प्रालिको दोस्रो तल्लाको कोठामा लगि भित्रबाट चुकुल लगाइ डरत्रास धाक धम्की दिई पटक पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

बलात्कृत भएपछि पीडित प्रहरीमा पुगेकी थिइन् । उजुरी परेसँगै तत्काल महानगरिय प्रहरी वृत्त महाराजगंजवाट प्रहरी परिचालन गरी उल्लेखित शंकित व्यक्तिको हुलिया तथा सि।सि।टि।भी।फुटेज समेतको अनुसन्धानबाट चैत १३ गते आरोपीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनी नेपाली सेनाका पूर्व कर्मचारी रहेको खुलेको छ । उनी जवरजस्ती करणी मुद्दामा कारवाही भई बर्खास्त भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ