पोखरा, १४ चैत । पोखरा २२ पुम्दी भुम्दीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाइते भएका छन् ।
मंगलबार बिहान करिब ९ बजेको समयमा पोखरा लेखनाथ महानगरपालिका २२ पुम्दी भुम्दीमा पोखराबाट स्याङजा तर्फ जादै गरेको ग१क २०२४ नम्बर को ट्रकले विपरित दिशाबाट आउदै गरेको ग १०प ६५६८ नम्बरको स्कुटरलाई ठक्कर दिदा पर्वतको कुष्मा नगरपालिका बस्ने ४३ बर्षीय प्रकाश पौडेल गम्भीर घाइते भएका हुन् ।
घाइते पौडेललाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएकोमा थप उपाचारको लागी सिम्रिक एयरको हेलीक्पटरद्धारा काठमाडौंको मेडिसिटि अस्पतालमा रिफर गरिएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले बताए । स्कुटरको पछाडी सवार स्याङजाको आधिखोला गाउँपालिका निबासी २३ बर्षीय मधुसुदन सामान्य अवस्थामा रहेको प्रहरीले उल्लेख गरेको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ