गण्डक न्युज पोखरा, १२ चैत / पोखरामा पछिल्लो समय बाइक चोरीको घटना बढेको छ । बाइक चोरको बिगबिगी भएकाले नै घटनामा वृद्धि भयो । चोरी भएका केहि मोटरसाइकल स्कुटर फेला परेपनि बुलेट जस्ता बाइकहरु फेला पर्न नै सकेका छैनन् ।
कास्की प्रहरीले अहिले ठूलो सफलता हात पारेको छ । उसले बाइक चोरी गर्ने गिरोह नै समातेको छ । पोखरा र नजिकै भिमादक्षेत्रबाट १९ जना बाइक चोरहरुलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुका साथबाट ९ वटा चोरी भएका बाइक समेत नियन्त्रणमा लिइएको छ ।
कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले दिउँसो ३ बजे पत्रकार सम्मेलन नै गरेर बाइक चोरी गर्ने र चोरी भएका बाइक सार्वजनिक गर्ने जनाए ।
प्रहरी स्रोतका अनुसार उनीहरुले बाइक चोरीलाई पेशा कै रुपमा अघि बढाएका थिए । कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेपछि उनीहरुको च्यानलका सबै नियन्त्रणमा लिन सफल बनेको हो । ग्यारेजमा काम गर्ने कामदार समेत चोरीमा संलग्न भएका थिए ।

अमरसिंहचोक स्थित आफ्नै घरभित्र राखिएको यो नयाँ बुलेट बाइक ६ महिनासम्म फेला पार्न सकेन कास्की प्रहरीले ।
पोखराका मुख्य मुख्य भिडभाड हुने स्थान, विशेष गरी रातको समयमा बाइक चोरी गरी ग्यारेजका कामदारको सहयोगमा भिमाद कटाउने गरेको रहस्य खुलेको छ । प्रहरीले पनि दुई जना पक्राउ गरिसकेपछि उनीहरुकै तरिका अपनाएर अरुलाई पक्रन सफल भएको हो ।
अस्पताल, बैंक लगायतका स्थानमा राखिएको ह्विल लक् बाहेक बाईक जति सुकै ह्याण्ड लक गरेर राखिएको भएपनि सहजै चोर्न सक्ने उनीहरु पेशेवर चोर हुन् ।
पोखराबाट भिमाद कटाएर ग्रामिण भेगमा बाइक बेच्ने गरेको रहस्य खुलेको छ । बाइक चोरहरुको परिचय दिउँसो पत्रकार सम्मेलनमार्फत उनीहरुको नाम सार्वजनिक गर्दैछ ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो