गण्डक न्युज पोखरा, ११ चैत / सनराइज बैंक लिमिटेडले बचतकर्ताहरुको लागि स्वास्थ्य तथा दुर्घटना बीमा योजना कार्यक्रम सार्वजनिक गरेको छ । हरेक बचतखाताको बचतकर्तालाई डबल सुरक्षा हुने गरी योजना ल्याइएको बैंकका पोखरा शाखाका प्रबन्धक नितेश रेग्मीले बताए ।
बैंकले सार्वजनिक गरेको स्वास्थ्य बीमा सुविधा अन्तर्गत खातामा भएको ३६५ दिनको भारीत औषत निक्षेपको २५ प्रतिशत वा बिल रकम मध्येको जुन रकम न्यून हुनेछ सो रकम एक लाखले नबढ्ने गरी दाबी गर्न सकिने व्यवस्था छ ।
बचत खाताका ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउने शाखाकी मार्के्टिङ अफिसर श्रीला श्रेष्ठले जानकारी दिइन ।
‘तपाईको बचत तपाईकै सुरक्षामा’ नारा सहित बैंकले ल्याएको बीमा कार्यक्रम प्रभावकारी हुने बताउँदै बैंकका उज्जवल घिमिरेले बचतकर्ताहरु यस योजनाबाट लाभान्वित हुने जनाए ।
स्वास्थ्य उपचार बीमा सुविधा प्राप्त गर्न बैंकले सर्तहरु समेत अघि सारेको छ । बचतखातका चतकर्ताहरु यस सुविधाको योग्य हुने, बचतकर्ता स्वयंमले मात्रै यो सुविधा प्राप्त गर्ने, बचतकर्ताको परिवारजनलाई भने यो सुविधा नपाउने, प्रत्येक बचतकर्ताले वर्षको एक पटक स्वास्थ्य उपचार बीमा दाबी गर्न पाउने,बचतकर्ताले खाता खोलेको पहिलो दिनबाटै यो सुविधाको उपोग गर्न पाउने बैंकले जनाएको छ ।
बीमा दाबी गर्नका लागि बैंकले रोग वा उपचार र प्रकृतिको बारेमा पनि सर्तहरु लागू गरेको छ । दुर्घटना बीमा सम्बन्धमा बचतकर्ताको मृत्यु वा स्थायी प्रकृतिको अशक्त भएमा पाँच लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको चार गुणा क्षतिपूर्ति उपलब्ध गराइने बैंकले जनाएको छ ।
बचतकर्ताले स्वास्थ्य बीमा दाबि गर्नका लागि बैंकले सम्बन्धन लिएका अस्पतालहरुबाट मात्रै सुविधा लिनुपर्ने जनाइएको छ । स्वास्थ्य बीमाको लागि बैंकले शिखर इन्स्योरेन्ससँग सहकार्य गरी योजना सार्वजनिक गरेको हो ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो