गण्डक न्युज पोखरा, १० चैत / पोखरामा शुक्रबार दिउँसो एउटा घटना भाइरल बन्यो । फेवाताल नजिकै बाराहीघाटमा पार्किङमा राखिएको एक कार भित्र एक पुरुष अचेत अवस्थामा त्यहाँ रहेकाले देखे । नागरिक अभियन्ता रामबहादुर पौडेलले पनि दिउँसो मध्यान्ह पछि एक स्टाटस सचित्र पोस्ट गरे ।
पौडेलले लेखे ‘पोखराको फेवातालस्थित बाराहीघाटमा पार्किङ गरेको बा१६च ३३४१ नं।को डटसन कारमा रहेका पहिचान नखुलेका व्यक्ति उच्च रक्तचापका कारण बेहोस अवस्थामा भेटिएपछि मेट्रो सिटी अस्पतालमा भर्ना भएको प्रहरीले जानकारी दिएको छ । कृपया आफन्तजनलाई सम्पर्कका लागि वडा प्रहरी कार्यालय बैदाममा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ०६१(५२००३३ । परिचय खुल्ने कागजात लगायतका अनुसन्धानका कार्य नेपाल प्रहरीको भएकोले हामीले आफन्तजन र साथीभाइलाई सजिलो होस् भन्ने उद्देश्यले सूचना प्रवाह गरेका हौं ।’
दुई घण्टा नपुग्दै एक सय बढीले शेयर गरे । पोखरेली फेसबुक प्रयोगकर्तामाझ भाइरल बन्यो । तर, ति पुरुष कुनै उच्च रक्तचापका कारण कारमा ढलेको नभई मापसे गरेका कारण कारमै सुतेको खुल्न आएको छ ।
प्रहरीले मेट्रो सिटी हस्पिटलमा उपचारका लागि ल्याएकोमा डाक्टरले मापसे गरेको भनेको जिल्ला प्रहरी कार्यालय कन्ट्रोलले जानकारी दिएको छ । प्रहरीका अनुसार ति पुरुष साथीहरुसहित पोखरा घुम्न आएका थिए । साथीहरु फेवाताल डुंगा चढ्न गए भने उनी नशामा रहेका कारण कारमै सुते । सामान्य घटना भएको र मापसे गरेर कार चलाएको नभेटिएकाले उनको परिचय खुलाईएको छैन ।
पोखरा घुम्न आएका पाहुना कारमै अचेत भएपछि पोखरेलीले फेसबुकमै भएपनि दया प्रकट गर्दै पोस्ट भाइरल बनाईरहेका छन् ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो