चितवन, ९ चैत । नारायणगढ मुग्लिन सडकमा माथिबाट झरेको ढुंगाले किचेर माइक्रोबस चालकको मृत्यु भएको छ ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको माइक्रोबस इच्छाकामना ५ खहरेमा आइपुग्दा माथिबाट चालकको सिटमाथि ढुंगा खसेको प्रहरीले जनाएको छ ।
निधन हुने चालक मकवानपुर जिल्ला दामन–६ का २८ वर्षीय दीपक रुम्बा रहेको चितवन प्रहरीले जनाएको छ ।दुर्घटनापछि घाइते भएका चालकलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयमा डिएसपी प्रभुप्रसाद ढकालले बताएका छन् ।
बसका अन्य यात्रु भने सकुशल रहेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए । निर्माणको काम सुरु भएपछि उक्त बाटो हुँदै यात्रा गर्नेहरुको ज्यानै जाने गरेर भएको यो तेस्रो घटना हो । सो सडकमा यसअघि पहिरो खस्दा पाँचजनाको ज्यान गएको छ । एकजना वेपत्ता छन् ।
निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्डको म्याद बुधबार मात्रै चौथोपटक थपिएको छ । साे सडकमा विस्तारकाे काम भइ रहेकाे छ। बिहान १० बजेदेखि चार बजेसम्म बाटाे बन्द हुन्छ। बन्द खुले लगत्तै साे घटना भएकाे हाे।

photo: kantipurdaily
सडकमाथि पहाडमा डढेलाे लागेकाे र त्यसैका कारण ढुंगा खसेकाे नारायणगढ-मुग्लिन सडक अायाेजनाकाे सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए। घटनापछि गाडी अावत जावतमा पनि समस्या परेकाे थियाे। अाज रातमा सकेसम्म साे सडकमा यात्रा नगर्न खनालकाे सुझाव छ।
गाडीमा यात्रा गर्नेहरुमध्ये पहिरोका कारणले तीनजना घाइते भएको चितवन प्रहरीको विवरणमा उल्लेख छ । सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा वर्षा र वर्षा नभए पनि सुख्खा याममा पनि पहिरो झर्ने समस्या छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते