काठमाडौं । काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको पनि शुक्रबार विहान मृत्यु भएको छ ।
विमान चालक पति अबिदको मृत्युको खवर पछि सुल्तानकी पत्नी अफ्सना खानमलाई हार्टअट्याक भएको थियो । उपचारको लागि उनलाई राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा भर्ना गरीएकोमा शुक्रबार विहान साढे ९ बजे उनको मृत्यु भएको हो ।

बंगलादेशी सञ्चार माध्यम द डेली स्टारको अनुसार गत फागुन २८ गते काठमाडौंमा मृत्यु भएका पति अबिदको चिहान नजीकै मुस्लिम धर्म अनुसार पत्नी अफ्सना खानमको पनि दाहसंस्कार गरिने छ ।
पतिको वियोग खबर पाएसँगै अचेत रहेकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। विमान दुर्घटनामा चालक दलका सबैको मृत्यु भएको थियो। पहिलो दिन पाइलट क्याप्टेन अबिद सुल्तान अस्पताल भर्ना भएको बताइए पनि भोलिपल्ट उनको मृत्यु भएको बताइएको थियो ।
अविद जिउँदै भएको खबर बाहिरिएपछि अफ्ना केही सम्हालिएकी थिइन् तर पछि उनको पनि मृत्यु भएको खबर आएपछि उनी पूर्ण रुपमा बेहोस भएकी थिईन् ।

दुर्घटना पछिको आगलागीमा परी धेरैले ज्यान गुमाएका थिए। २६ बंगलादेशीको दुर्घटनामा निधन भएको थियो। युएस-बंगलाको फ्लाइट बीएस २११ ढाकाबाट काठमाडौं आएको थियो। विमान ल्यान्डिङका क्रममा दुर्घटनामा परेको थियो।

सम्बन्धित खबर
चर्चित उपन्यास ‘बसाइँ’का लेखक लीलबहादुर क्षेत्रीको निधन
अमेरिकामा १५ वर्षपछि पहिलोपटक गोली हानेर दिइयो मृत्युदण्ड
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस
अवैध बसेका १० नेपाली लिएर काठमाडौंमा अवतरण भयो अमेरिकी जहाज
आज शून्य भेद्भाव दिवस र समुद्री घाँस दिवस मनाइँदै
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]