पोखराको सडक खाल्डाखुल्डी देखिने बित्तिकै स्मार्ट सिटी शब्द झ्याप्पै आउँछ, छाडा चौपाया भेटिने बित्तिकै स्मार्ट सिटी, जाम पर्ने बित्तिकै स्मार्ट सिटी, सरकारी कार्यालयमा काम नहुने बित्तिकै स्मार्ट सिटी । पोखरामा जे कमजोरी भेटिन्छ, तत् समय स्मार्ट सिटी र मेयर सम्झन थालिहाल्छन् पोखरेली । अनि सामाजिक सञ्जालमा आक्रोश, व्यंग्य पोखिहाल्छन् ।
हुन पनि हो, अब पोखरा जनप्रतिनिधिको पहलकदमीमा स्मार्ट सिटी बन्ने चरणमा प्रवेश हुन्छ भन्ने सबैलाई लागेकै थियो । दलहरु, उम्मेदवारहरुले भनेकै थिए । तरपनि पोखरा उस्तै छ । दबाब चर्को छ ।
पोखरामा विहीबार अचम्मै भयो । अमरसिंहचोकमा नेपाल टेलिकमको तारमा हाते ट्याक्टर (पावर ट्रेलर) झुण्डिँदा विद्युत् सेवा अवरुद्ध हुन पुग्यो ।

पोखराबाट रुपा गाउँपालिका, थुम्कीतिर जाँदै गरेको ना ६ ख ७१७९ नम्बरको बसको छतमा राखेर लगिएको पावर ट्रेलर (हाते ट्रयाक्टर) बिहीबार दिउँसो नेपाल टेलिकमको तारमा झुण्डिएको थियो । टेलिकमको तारसँगै बिजुलीको तार तानिएर एयरपोर्ट फिडर र सराङकोट क्षेत्रका सबै क्षेत्रमा विद्युत् अबरुद्ध भएको थियो ।
विद्युत् केन्द्रका कर्मचारी भने टेलिकमको लापरबाहीका कारण विद्युतले दोष खेप्नुपरेको गुनासो गर्छन् । विद्युत् वा टेलिकमका तारहरु व्यवस्थित हुनुपर्नेमा उनको जोड थियो । पोखरा औद्योगिक क्षेत्रस्थित प्रहरी बिटका असइ विष्णु पल्ली मगरले कागजातहरु नियन्त्रणमा लिई यात्रुलाई गन्तव्यमा पुग्न बाधा नपुगोस् भनेर बसलाई छोडिएको बताए ।
तारमा अड्किएको पावर ट्रेलरलाई ट्रकमा चढेर निकालिएको थियो । अव्यवस्थित तारका कारण विभिन्न दुर्घटनाहरु बढ्ने क्रम पनि जारी नै छ । केही महिना अघि मात्रै पोखराको रानीपौवामा मोटरसाइकल चलाउँदै गर्दा तारमा अल्झिएर घाइते भएका एक शिक्षकको उपचारका क्रममा मृत्यु भएको थियो ।
अहिले पनि पोखराका विभिन्न ठाउँमा टेलिकम, केबुल तथा विजुलीका तारहरु यत्रतत्र छरिएका र लत्रिएका देखिन्छन् । यसले स्थानीयवासीमा त्रासको सिर्जना गरेको देखिन्छ । पोखरालाई कुरुप बनाएको यहाँ जेलिएका फोनका तार र असुरक्षित विद्युत लाइन हो ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो