पोखरा, चैत ९ । प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् विस्तार हुँदैछ । शुक्रबारका लागि मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको हो । प्रदेश ४ मा ४ जनाको मन्त्रीपरिषद् बनिसकेको छ । बाँकी ३ जनाले आज शपथ लिनेछन् ।
प्रदेश प्रमुखले उनीहरुलाई शुक्रबार शपथ खुवाउने कार्यक्रम तय भैसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्रीले ३ जनाको नाम पठाईसकेका छन् । नयाँ मन्त्रीमा पर्वतका सांसद विकास लम्साल, नवलपुरका रोशन गाहा मगर र म्याग्दीकी नरदेवी पुन छन् ।
लम्साललाई आर्थिक मामिला तथा योजना मन्त्री, गाहामगर सामाजिक विकास मन्त्री र पुन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्न लागेका हुन् । उद्योग मन्त्रालय यसअघि गोरखाका सांसद रामशरण बस्नेतले सम्हालेपनि उनलाई भौतिक विकास मन्त्री बनाएर पुनलाई उनको मन्त्रालय दिन लागिएको श्रोतको भनाई छ ।
– डिएनएनेपाल डटकमबाट
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते