पोखरा, ९ चैत / पोखरा उपत्यका नगर विकास समितिले आफ्नो स्वामित्वमा रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ न्यूरोड स्थित जग्गामा आकर्षक पार्क बनाउने भएको छ । समितिको १५४ औं वैठकको निर्णय अनुसार पार्क बनाउन लागिएको समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले जनाए ।
सरकारी स्वामित्वमा रहेका कार्यालयहरुले आफ्नो मातहतमा रहेका जग्गाहरुबाट भाडा उठाउने काम मात्रै नभई जनतालाई सुविधा दिनुपनि राज्यको कर्तव्य ठानी नगर विकास समितिले सो जग्गामा पार्क बनाउन लागेको अध्यक्ष श्रेष्ठले बताए । साथै, उनले शहर बजारको वीच वीचमा आकस्मिक आपतकालीनका लागि खाली जग्गा आवश्यक हुने भएकाले पनि पार्क बनाउन लागिएको श्रेष्ठले जनाए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ स्थित सभागृह माथि पुरानो यातायातको जग्गा समितिले यातायात कार्यालयलाई आफ्नो स्वामित्वमा रहेको अहिले यातायात कार्यालय भवन रहेको पोखरा –९ कै शान्ति वनवाटिका नजिकको जग्गा दिई सो जग्गा समितिले लिएको थियो ।
समितिको वैठकको निर्णयबाट सो जग्गाको क्षेत्रफल अनुसार जतिसक्दो आकर्षक पार्क बनाउने र सो पार्कभित्र पत्रपत्रिका पढ्ने स्थान समेत बनाइने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए । साथै उनले पार्क निर्माणका लागि कार्यालयको तर्फबाट जग्गाको नापजाँच र डिजाइन भइरहेको समेत जनाए ।
सम्बन्धित खबर
भूकम्पपछि बारपाक गाउँको मौलिक चिनारी बचेन
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
कालीगण्डकी तिनाउ डाइभर्सनबारे पोखरा-नवलपुर सम्पर्क समाजद्वारा नवलपुरका जनप्रतिनिधिसँग अन्तर्क्रिया
बैशाख १२ः बिर्सन नसकेको भूकम्प
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध