गण्डक न्युज पोखरा, ७ चैत / पोखरा ५ पस्र्याङमा रोडमै अव्यवस्थित रुपमा पार्क गरिएको बसमा ठक्कर खाँदा स्कुटर चालकको ज्यान गएको छ । स्कुटर चालक कास्की माछापुच्छ«े गाउँपालिका ६ निबासी ४५ वर्षीय पान बहादुर क्षेत्रीको मृत्यु भएको छ ।
मंगलबार मध्यरात साढे १२ बजे धर्मस्थली मावि अगाडी रोकीराखेको ग १ ख ५९९६ नम्बरको बसलाई क्षेत्री सवार ग १४ प २३३ नम्बरको स्कुटर ठक्कर खाएको थियो । तत्काल स्कुटर चालक क्षेत्रीलाई उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगिएकोमा सवा १ बजे मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकी दिए ।
बसमा ठोक्किएको स्कुटरको अगाडिको भाग पूर्ण रुपमा क्षती भएको छ । फराकिलो बाटो भएकाले सो सडकखण्डमा तीब्र गतिमा सवारी गुड्ने गर्दछ । बाटैमा बस राखिएका कारण बस चालकको कमजोरी देखिएको छ ।
यसैबीच, पोखरा २ बिन्दबासिनीमा बुधबार दिउँसो पौने १ बजेतिर बा २ क १११४ नम्बरको बसले ग १४ प ८२५७ नम्बरको बाइकलाई ठक्कर दिँदा पोखरा ११ फुलबारी बस्ने १८ वर्षीय होमबहादुर कार्की घाईते भएका छन् । उनको सहारा अस्पतालमा उपचार गरिएको छ ।
यस्तै, बुधबार साँझ ५ बजेतिर पोखरा १५ नयाँ गाउँमा साइकलबाट लडेर एक पुरुष गम्भिर घाईते भएका छन् । कवाडी सामान संकलन गर्ने भारतीय जस्तो देखिने अन्दाजी ४० वर्षीय पुरुषले आकाशे रंगको सर्ट लगाएका छन् ।
तस्विरः मेरो हेडलाइन
सम्बन्धित खबर
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध