पोखरा, ७ चैत /कास्कीमा दुर्घटनामा नेपाली काँग्रेसका क्रियाशील सदस्य जयबहादुर खत्रीको मृत्यु भएको छ। पोखराबाट सिक्लेस जाने क्रममा ट्रक दुर्घटनामा परी उनको मृत्यु भएको हो । सोमबार ग१ज ७५९९ नम्बरको आफ्नै मिनी ट्रकमा उनी सिक्लेस जादै थिए ।
दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा खत्रीको उपचारका क्रममा मृत्यु भएको हो। उनको मङ्गलबार नै पोखराको सेती नदीस्थित तुल्सिघाटमा अन्त्येष्ठि गरिएको छ। उनका एक श्रीमती, १ छोरा र ४ छोरी छन् ।
नेपाली काँग्रेसका नेता देवराज चालिसेले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए । नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति विजयराज आचार्य र कास्की काँग्रेसका सदस्य नवीन सिग्देल तुल्सिघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
खत्रीले नेपाली काँग्रेसका विभिन्न पदमा रहेर लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएको पार्टीले जनाएको छ । उनी नेपाली काँग्रेस वडा इकाइ समिति पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ को निवर्तमान उपसभापति हुन्।
नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले मङ्गलबार विज्ञप्ति प्रकाशित गरी खत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
सम्बन्धित खबर
पोखरामा सुनका गहना चोरी गर्ने दुई जना पक्राउ
घले गाउँमा गाउँपालिका महासंघको घुम्ती बैठक
तनहुँका साहित्यकार आमोदीद्वारा ‘मत्स्यगन्धा महाकाव्य’को रचना
मनाङमा यार्सा टिप्न गएका धादिङका आकाशको मृत्यु
पोखरा कस्तो बनाउने भन्ने विषयमा सुझाव संकलन गर्दै कास्की काँग्रेस
ट्याक्टरको ठक्करबाट एकजना घाइते
यो पनि पढौँ
अब लाइसेन्स ५ वर्षमा नविकरण गर्नु नपर्ने, अवधि १० वर्ष
ईडीभीको रिजल्ट सार्वजनिक, तपाईंलाई पर्यो कि परेन ? यसरी हेर्नुस्
‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोसेस पाण्डेलाई
सुई लगाउनासाथ युवकको मृत्यु, सुई लगाउने ल्याब असिस्टेन्ट फरार