लेकसाइड अब राती १ बजे सम्म खुल्ने

लेकसाइड अब राती १ बजे सम्म खुल्ने

lakeside

पोखरा, ६ चैत्र । पोखराको लेकसाइड क्षेत्र राती १ बजेसम्म खुल्ने भएको छ । यसअघि १०१ बजे नै बन्द हुने लेकसाइड पर्यटकलाई लक्षित गरि राती अबेर सम्म खोल्न लागिएको हो।

लेकसाइडमा नो भेइकल जोन (सवारी निषेधित क्षेत्र) शुरु भए लगत्तै बैदाम प्रहरी सेवा केन्द्र, पर्यटन व्यवसायी, जनप्रतिनिधि र प्रहरीको संयुक्त प्रयासमा आउँदो शुक्रबार देखि लेकसाइड १ बजे सम्म खुल्ने भएको हो । सोही कार्यक्रमलाई मध्यनजर गर्दै राती अबेरसम्म लेकसाइड क्षेत्रका होटल तथा रेष्टुरेण्टहरु खुल्ला रहनेछन्।

यो अभियानले व्यवसायीसंगै पोखरा भित्रिने पर्यटकहरुलाई समेत सहज हुने पोखरा वडा नं. ६ का अध्यक्ष तथा कार्यक्रम संयोजक जगत पहारीले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds