पाेखरा, १ चैत । पोखराको एक होटलमा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
लेकसाइडस्थित हृवाइट पल होटलमा युक्रेनी नागरिक २८ वर्षीय एन्टोन कुजानेठोप मृत भेटिएका कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
तीन दिन अघिदेखि हृवाइट पलमा बस्दै आएका उनी होटलको ध्यान गर्ने ठाउँ बालकोनीमा लडेको अवस्थामा मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवीन कार्कीले जानकारी दिए । उनका अनुसार एन्टोनको शरीरमा बाहिरबाट कुनै पनि चोटपटक देखिएको छैन ।
एन्टोन मृत अवस्थामा भेटिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको छ ।
यसैबीच, ह्वाइट पल होटलका डाइरेक्टर शंकर टण्डनले एन्टोनका साथीले बिहानै गुहारेपछि डाक्टर बोलाएको र हस्पिटलतर्फ लगेको जनाएका छन् ।
gandaknews.com मा समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका टण्डनले भने – ‘उनका साथीले डाक्टर बोलाउन भनेपछि डाक्टर बोलाईयो । सिरियस छ भनेपछि हस्पिटलमा ट्याक्सीमा हालेर लगियो । डाक्टरले मृत भईसकेको जनायो । ९ः५७ मा मृत्यु भईसकेको जनाएको हो । साथी अहिले काठमाण्डौ गइसकेका छन् । आमालाई खबर गरिसकिएको छ । उनीहरु ९ जना थिए ।’
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो