स्वागतमा बस्दा जहाजको झ्यालबाट देखेनौ र ?

स्वागतमा बस्दा जहाजको झ्यालबाट देखेनौ र ?

sanjay-paudel

सरु दाहाल अधिकारी

तिम्रो पर्खाईमा बाबा हातमा पहेलो
फुलको माला अनि ढाका टोपी लिएर
स्वागतमा बस्दा जहाजको झ्यालबाट देखेनौ र ?

आमा तिम्रै पर्खाईमा कुर्दै बस्दा हातको
फोन भुईमा नराखी घन्टि तिम्रै होकि
भन्दा फोन नचलेनि झरेसि खबर जाला भनेर लेखेनौ र ?

दिदीले भाइ आउदै छ भनी म पनि नेपाल आउछु
भनी छुट्टि मिलाएर आउदा दिदिको छिटो जाने
नेपाल बाबा पर्खाईमा हुनुहुन्छ भनेर एकपटक खबर गरेनौ र ?

बहिनिले डा. दाजु आउनुहुँदै छ भनी साथिहरुसँग
खासखुस गरि तिम्रै पर्खाईमा घन्टा गनीगनी बस्दा
उसको अत्यारलार्इ घटाउन जहाज चढ्दा फोनमा केही भनेनौ र ?

गाउँलेले भार्इ छोरो डाक्टर भइ आउदै छ भनी पर्खाईमै थिए
अनि तो गाउँको त तिमी एक मात्र डाक्टर हुँदै छौ रे भन्ने
खबर पनि नसुनेका त हैन रैछौ त, ती दाइ आफन्तलाई सम्झि राखेनौ र ?

सुन्दै छु आज तिम्रो गालाको कोठी जलेर चिनिएका छैनौ रे
आमा अचेतमा बर्बराउदै बाबू आउन छिटो भन्दै छन रे
दिदी बहिनीको एकमात्र माईति भाइ तिमी पापि काललाइ छेकेनौ र ?

(जहाज दुर्घटनामा परि ज्यान गुमाएका सञ्जय पौडेलको सम्झनामा लेखेको कविता)

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ