काठमाडौँ — चाइनिज पेस्तोल र ६ राउन्ड गोलीसहित प्रहरीले बुधबार राति गणेश लामालाई पक्राउ गरेको छ ।
गुण्डा नाइकेका रुपमा चिनिएका लामा यसअघि लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए ।
उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उनले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए।
गौशालाको पशुपति भिजनमा गोली चलेको आवाज सुनेपछि प्रहरी त्यहाँ पुग्दा लामा भेटिएका थिए। यद्यपि, गोली कसैलार्इ लागेकाे छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ ।
लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । घटनाबारे विस्तृतमा बुझ्न प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल पनि गौशला वृत्त पुगिसकेका छन् । उनले भने, ‘गोली कसैलार्इ लागेको छैन । सोधपुछ भइरहेको छ ।’
लामा भिजनमा रहेको जिम हलबाट कसरत गरेर फर्कँदै गर्दा पक्राउ परेका हुन् । पोखरेलले भने, ‘थप अनुसन्धान सुरु गरिसकेका छौं ।’
काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले लामालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको जानकारी दिए।
स्रोतः कान्तिपुर, अनलाइनखबर लगायत
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते