पोखराका पौडेलको पनि विमान दुर्घटनामा ज्यान गयो, एमबिबीएस सकेर फर्केका थिए

पोखराका पौडेलको पनि विमान दुर्घटनामा ज्यान गयो, एमबिबीएस सकेर फर्केका थिए

sanjay-paudel

पोखरा, २९ फागुन / पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका दामोदर पौडेलका परिवार बंगलादेशबाट फर्किएका आफ्ना छोरा स्वागत गर्न आतुर थिए । छोरा सञ्जय चढेको विमान सोमबार दिउँसो २ बजे ल्याण्ड हुने बेला दुर्घटनामा पर्दा  छोरालाई हाँसीखुशी स्वागत गर्न पाएनन् ।

सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि मृत्यु हुनेमा सञ्जय पनि परे । ४९ जनाको मृत्यु भएकोमा ३३ नेपाली चढेकोमा २२ जना नेपालीको मृत्यु भयो भने ११ नेपाली घाईते छन् ।

युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुदाँ बंगलादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै गरेका पौडेलको मृत्यु भएको हो । दामोदर पौडलले पोखराको लेकसाइडमा व्यावसाय गर्दै आएका छन् ।

सञ्जय एक मात्र छोरा हुन् । माछापुच्छे गाउँपालिका ६ धिताल घर भएका दामोदर उनका दुई भाई सहित पोखरामा लामो समय देखि व्यवसाय गर्दै आएका छन् । सञ्जय पोखराका मदरल्याण्ड माविबाट एसएलसि पास गरेका थिए भने सगरमाथा मा विमा साइन्स पढेका थिए ।

सबै पढाई पूरा गरेर अगाडि डा. थपेर आएका सञ्जय आफ्नो भूमि टेक्न नपाउँदै परलोक भए । उनको मृत्युले गाउँबासी, आफन्त शोकमा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ