युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ। डा थापा भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पताल प्रालि तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए।
बंगलादेशमा भएको चिकित्सासम्बन्धी सेमिनारमा भाग लिएर नेपाल फर्कने क्रममा उनको विमान दुर्घटनामा परी मृत्यु भएको हो। २०२४ माघ १४ गते कुसादेवी–३, काभ्रेमा जन्मिएका थापाले कुशादेवी उच्चमाविबाट एसएलसी उत्तीर्ण गरेका थिए। डा थापा चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जका गोल्ड मेडलिस्ट डाक्टर हुन्। २०५१ सालमा एमबिबिएस उत्तीर्ण भएका उनले चिकित्सा क्षेत्रमा अध्ययनका क्रममा ३ पटकसम्म स्वर्ण पदक प्राप्त गरेका छन्। थापाले बंगलादेशको ढाकामा रहेको बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए।
डा थापा थुप्रै देशमा पुगी विभिन्न शोध तथा अध्ययनमा सक्रिय थिए। न्युरो सर्जरीमा लामो समय योगदान गरेका कारण उनले देश-विदेशका धेरै पुरस्कार र सम्मान पाइसकेका छन्।
चिकित्सा पेशाका साथै साहित्यमा समेत सक्रिय थापाका ‘डाक्टरी कविता’ (२०६१), ‘डाक्टरका कविता’ (२०६९) कवितासंग्रह र ‘चिरफार’ (२०७०) निबन्धसंग्रह प्रकाशित छन्। यसका साथै उनले चिकित्सा क्षेत्रबारेको आफ्नो अध्ययन र शोधलाई समेटेर सन् २०१३ मा ‘न्युरो अंकोलोजी’ पुस्तक समेत निकालेका थिए।
वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापा साहित्यमा पनि क्रियाशील थिए। काभ्रे घर भई चितवन कार्यस्थल रहेका डा थापा त्यहाँको साहित्यिक संघ-संस्था र कार्यक्रमहरुमा सक्रिय रहन्थे। चितवन अस्पताल प्रालि तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत रहँदै आएका उनी जेठको पहिलो साता गर्ने तयारी गरिएको ‘नारायणी लिटरेचर फेस्टिवल’का आयोजकमध्येका थिए।
‘अफ द बिट जेनेरेसन चितवन’मा आबद्ध डा थापालाई सम्झिँदै कवि भूपिनले ‘सिर्जनाको क्षेत्रबाट समेत समाजलाई स्वस्थ राख्नुपर्छ भन्ने मान्यता राख्ने प्रिय कवि-डाक्टर’ भनेका छन्।
‘अफ द बिट’का सहयात्रीको नाममा फेसबुक स्टाटस लेख्दै उनले आफूहरुको साझा सपना ‘नारायणी लिटरेचर फेस्टिवल’ एकसाथ गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन्।
महोत्सवका लागि बैठक गर्न केही दिनअघि फोन गर्दा डा थापाले बंगलादेश गएर आइतबार फर्किने भन्दै महोत्सव भव्य गर्ने कुरा गरेको भूपिनले उल्लेख गरेका छन्।
डा थापालाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘म तपाईँको सेफ रिटर्नको प्रतीक्षामा थिएँ। तर, यसरी दुखद फिर्ती होला भन्ने कल्पना गरेको थिइनँ।’
भूपिनले मित्रवत, बौद्धिक र प्रेरक डाक्टर गुमाउनुको पीडा गहिरो रहेको भन्दै दशकै लागि ठूलो नोक्सान भएको टिप्पणी समेत गरेका छन्।

सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने