काठमाडौं, २८ फागुन । यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । विमानमा रहेका २१ जना घाइते भएका छन् । एकजनाको अवस्था अज्ञात छ । विमान दुर्घटनाअघि कन्ट्रोल रुम र पाइलटबीच भएको सम्वाद सार्वजनिक भएको छ । अनलाइनखबर डटकमले लेखेको छ
यो सम्वादमा ‘जिरो-२’ र ‘२-जिरो’ मध्ये कुन ठाउँबाट विमान अवतरण गर्ने भन्नेबारे लामै कुराकानी भएको छ । तर, अन्तिममा कन्ट्रोल रुमले रन वे जिरो-२ मा अवतरण गर्नु अनुमति दिन्छ ।
पाइलटसँग सम्वाद टुट्नु अघि कन्ट्रोल रुमले चेतावनी दिन्छः बंगला स्टार-२११ । म फेरि भन्छु, त्यसो नगर्नुस् । तर, बंगलाका पाइलटले कुनै जवाफ दिँदैन । सम्वाद टुटेको झण्डै १२/१३ मिनेटपछि बल्ल कन्ट्रोलले थाहा पाउँछ- विमान दुर्घटना भइसकेछ ।
यस्तो छ पाइलट र कन्ट्रोल रुमको सम्वाद
कन्ट्रोल रुमः वांगला स्टार २११ । म फेरि भन्छु, रन वे २ जिरो तिर नजानुस् । अहिले जुन पोसिजनमा छ, त्यहीँ रहनुस् ।
पाइलट: ओके । हामी दायाँ फन्को लिँदैछौं । रन वे ० २ तर्फ हेर्दैछौं ।
कन्ट्रोल रुमः ठीक छ तर, तुरुन्तै अवतरण नगर्नुस् । छोटो रन वे प्रयोग गर्ने ट्राफिक (जहाज) त्यहाँ छ ।
… बुद्ध एयर ३५२ एकछिन होल्ड गर्नुस् ।
यसैवीच कन्ट्रोल रुमका कर्मचारीहरुको आन्तरिक सम्वाद सुनिन्छ- यो जिरो टू र टू जिरोमा अलमलिए जस्तो छ । यति एयरलाइन्सका पाइलट रमेश श्रेष्ठले यो सम्वाद सुनिरहेका थिए र विमानलाई पनि नियालिरहेका थिए, त्यहाँ उनले भनेको सुनिन्छ- यो कतातिर जाला जस्तो छ । यसलाई राडर भेक्टर प्रयोग गरेर ठाउँमा ल्याउनुपर्छ जस्तो छ । डाँडाकाँडामा भिजिविलिटी राम्रो छैन । (राडर भेक्टर प्रयोगका लागि पाइलटले माग गर्नुपर्छ र कन्ट्रोलले आवश्यक निर्देशन दिएर अवतरण गराउँछ )
कन्ट्रोलले जवाफ दिन्छ- हुन्छ सर
कन्ट्रोल रुमः वांगला स्टार २११ । रनवे ल्याण्डका लागि तयार छ । रन वे जिरो टू र टू जिरो दुबै उपलब्ध छ । कुनमा गर्ने ?
पाइलट: यस सर । हामी टू जिरोमा अवतरण गर्न चाहन्छौं ।
कन्ट्रोल रुमः हुन्छ रेन वे टू जिरोमा ल्याण्ड गर्नुस् ।
पाइलट: हुन्छ । अवतरणको प्रयास गर्छौं ।
(केहीबेर कुनै सम्वाद हुँदैन । फेरि कन्ट्रोलरुममा सम्वाद हुन्छ- जिरो टू मा गयो जस्तो छ ।)
कन्ट्रोल रुमः वांगला स्टार २११ । तपाईले रनवेलाई देखिराख्नुभएको छ ? कन्र्फम गर्नुस् ।
पाइलट: अहँ छैन ।
कन्ट्रोल रुमः वांगला स्टार २११, दायाँ मोडिनुस् । …. रनवे अझै देख्नुभएको छैन ?
पाइलट: रन वे देख्यौं । अवतरण गर्ने अनुमति दिनुस् ।
कन्ट्रोल रुमः वांगला स्टार २११, अवतरण गर्नुस् ।
पाइलट: रन वे जिरो टू
कन्ट्रोल रुमः रन वे जिरो टू मा अवतरण गर्नुस् ।
कन्ट्रोल रुमः आर्मी ५-३ ! बंगला स्टार २११ ले रनवेको फन्को मारिरहेको छ, एकछिन होल्ड गर्नुस् । अहिलेको पोजिसनमा एकछिन होल्ड गर्न सक्नुहुन्छ ?
आर्मी: ५-३- हुन्छ ।
(कन्ट्रोलले लगत्तै आर्मी ५-३ ले होल्ड गरिरहेको जानकारी दिन्छ ।)
कन्ट्रोल रुम– ९ लिमा ट्यांगो ! अहिलेकै स्थानमा बसिरहनुस् ।
पाइलट: सर, हामीलाई अवतरण गर्ने अनुमति छ ?
(केहीबेर सम्वाद सुनिँदैन, एक्कासी कन्ट्रोलले चेतावनी दिन्छ)
कन्ट्रोल रुमः वांगला स्टार २११, म फेरि भन्छु, त्यसो नगर्नुस् ।
कन्ट्रोल रुममा आवाज आउँछ- फायर ! फायर !
https://www.facebook.com/gandaknews/videos/792261904299397/
त्यसपछि लगातार केही आवाज आउँछ तर कुनै सम्वाद छैन । कन्ट्रोलले सिम्रिक १-० लाई होल्ड गर्न भन्छ । त्यसबीचमा कन्ट्रोलको अरु विमानसँग सम्वाद हुन्छ । कुनै विमानले के छ भनेर सोध्छ, रन वे बन्द छ भन्ने भन्ने जवाफ आउँछ । त्यसैबीचमा विमानस्थल नै बन्द भएको सूचना आउँछ । बंगला विमानका पाइलटसँग कुनै सम्वाद हुँदैन ।
दक्षिणकाली क्षेत्रमा होल्ड भइरहेको विमानले अवतरणका लागि अनुमति माग्छ । कन्ट्रोलले रन वेको पश्चिमतिर रहन र एक माइल टाढा रहँदा फेरि खबर गर्न भन्छ । केहीबेरमै कन्ट्रोलले लिमा ट्याङ्गो र आर्मी ५-३ लाई रनवे २ जिरोमा अवतरण गर्न अनुमति दिन्छ । कन्ट्रोलले बुद्ध, यति र सौर्य एयरका विमानलाई अहिलेकै अवस्थामा रहन र इन्जिन बन्द गर्न निर्देशन दिन्छ ।
त्यसबीचमा कन्ट्रोललाई कसैले सोध्छ- यो कुन विमान हो ? जवाफ आउँछ- विमान बंगला ।
यसबीचमा होल्डमा रहेको विमान आर्मी ५-३ ले २ जिरोमा अवतरण गर्ने अनुमति पाउँछ ।
कन्ट्रोलले होल्डमा रहेका विमानहरुलाई एयरपोर्ट बन्द रहेको भन्दै लखनउ वा बनारस जान भन्छ । विमान दुर्घटना भएका कारण बन्द भएको जानकारी गराउँछ ।
बंगला विमानको टावरसँग सम्वाद नभएको झण्डै १२ मिनेटपछि कन्ट्रोलले विमान दुर्घटना भएको जानकारी गराउँछ ।

.

.

.

तस्विर: नेपाल खबर र नागरिक न्युज
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने