माछा दिन्छु भनी बालिकालाई बलात्कार गर्ने सार्वजनिक, कडा कारबाही गर (भिडियो)

माछा दिन्छु भनी बालिकालाई बलात्कार गर्ने सार्वजनिक, कडा कारबाही गर (भिडियो)

rapist

वीरगञ्ज, २७ फागुन । पर्साको पटेर्वासुगौलीकी ८ वर्षीया बालिकालाई बलात्कार गर्नेमध्ये एक जना सार्वजनिक गरियो । यी सहित तीन जनाले बलात्कार गरेका थिए । बालिका अस्पतालमा उपचाररत छिन् । उनलाई १२ टाँका लगाउनुपरेको छ ।

बालिकालाई बलात्कार गरेको आरोपमा पोखरीया नगरपालिका-४ का २० वर्षीय सुनिल साह तुराहालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

सुनिलले गाँजाको नसामा मात्तिएर बालिकालाई माछा दिन्छु भनी फकाएर जर्बजस्तीकरणी गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए । ‘गाँजा खाएर मातिएका सुनिलले घाँस काटेर र्फकदै गरेकी बालिकालाई माछा दिन्छु भनेर प्रलोभन देखाई जर्बजस्तीकरणी गरेको रैछ । उसको लिंगमा पनि घाउचोट देखिएको छ । ‘ एसपी डा. रेग्मीले भने ‘उसले करणी गरेको स्वीकार गरिसकेको छ । बालिकाले पनि उसलाई पहिचान गरेकी छन् ।’

सुनिल विरुद्ध जर्बजस्तीकरणी शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चिकित्सकहरुका अनुसार जर्बजस्ती करणीका कारण बालिकाको पाठेघरसम्म चोट पुगेको थियो । उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा शल्यक्रिया पछि थप उपचार काठमाडौंमा उपचार भइरहेको छ ।

बालिकामाथि गत फागुन १६ गते घर नजिकैको उखु बारीमा बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कारपछि बालिका डरले घर पछाडि लुकेर बसेकी थिइन् । परिवारले खोजतलासको क्रममा भेटेर उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ट्रेन्डिङ