पोखरामा सुत्केरीको मृत्यु, बच्चा जन्माएपछि लगातार दुई शल्यक्रिया, आफन्त भन्छन्: ‘डाक्टरको लापरवाही’

पोखरामा सुत्केरीको मृत्यु, बच्चा जन्माएपछि लगातार दुई शल्यक्रिया, आफन्त भन्छन्: ‘डाक्टरको लापरवाही’

pokhara-sutkerii

पोखरा, २७ फागुन – पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । कास्कीकै निर्मलपोखरीकी ३२ वर्षकी धनमाया पोख्रेलको आइतबार बिहान ६ बजे ज्यान गएको हो ।

शुक्रबार सामान्य रुपमा छोरा जन्माएकी उनको रक्तस्राव भएकाले अप्रेशन गरिएको थियो । त्यसपछि पनि रक्तस्राव नरोकिएपछि शनिबार बिहान उनको दोस्रोपटक अप्रेशन गरिएको थियो ।

सुत्केरीको मृत्युपछि आफन्तजनले अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले लाश बुझ्न मानेका छैनन् । लापरबाहीले नै धनमायाको मृत्यु भएको मृतकका दाजु रमेश पोख्रेलले बताए ।

‘दिदीको सामान्य डेलिभरी भएको थियो । अप्रेशन पछि त दिदी र भान्जालाई घर लिएर जाउँला भनेको आज बिहान डाक्टरले दिदीको मृत्युको खबर सुनाए ’ भाइ रमेशले भने ‘यो डाक्टरको लापरवाही हो ।’

अस्पतालले भने अत्याधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गएको बताएको छ । सामान्य सुत्केरी भएको र पाठेघर सुन्निएकाले पहिलोपटक शल्यक्रिया गर्नु परेको अस्पतालको भनाई छ ।

त्यसपछि पनि रक्तस्राव नरोकिएकाले फेरि शल्यक्रिया गरिएको तर सुत्केरीलाई बचाउन नसकिएको डाक्टरले बताएका छन् ।

धनमायाको २०७२ जेठमा विवाह भएको थियो । उनको यो पहिलो बच्चा हो । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

आफन्तजनले अस्पतालकाका डाक्टरको लापरबाहीका कारण धनुको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले शव बुझ्न मानेका छैनन् । लापरबाहीले नै धनमायाको मृत्यु भएको भन्दै त्यसको छानबिनको माग आफन्तले गरेका छन् ।

तस्विरः जमुना वर्षा शर्मा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ