महरालाई सभामुखमा समर्थन गर्ने काँग्रेसको भेद खोले महामन्त्री डा. शशांकले …

महरालाई सभामुखमा समर्थन गर्ने काँग्रेसको भेद खोले महामन्त्री डा. शशांकले …

mahara

Pic. Rabindra Adhikari

काठमाडौँ, २६ फाल्गुन— माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख निर्वाचित भएका छन् ।सभामुखमा एक्लो उम्मेदवारी परेपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले एकल उम्मेदवारी परेका महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे। एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा महरा सभामुख निर्वाचित भएका हुन्।

नेम्वाङले संविधान निर्माणपछि धेरै कानुनहरु निर्माण नभई थन्किएको अवस्थामा त्यसलाई गति दिन संसदको नेतृत्वले तदारुकता देखाउनुपर्ने बताए। ‘धेरै कानुनहरु निर्माण गर्नुपर्नेछ, जति हुनुथ्र्यो भएको छैन, निश्चित अवधि कट्ने अवस्था छ,’ उनले सुझाव दिए, ‘समयभित्र निश्चित कानुन निर्माण गर्न नयाँ सभामुखको भूमिका हुनुपर्छ।’

प्रस्तावका समर्थक माओवादी केन्द्रका नेता गुरुङले विपक्षी दल कांग्रेसले पनि सभामुखमा उम्मेदवारी नदिएर सहमतीय संस्कार देखाएको भन्दै महराले सबै दललाई समेटेर लैजाने विश्वास व्यक्त गरे। ‘सदनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न महराले नेतृत्व गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौं,’ उनले भने, ‘राष्ट्रिय राजनीतिका मुद्दा र मुख्य विधेयकमा प्रमुख दलबीच सहमति हुन आवश्यक छ।’

महरा गएको प्रतिनिधिसभा निर्वाचनमा दाङ– २ बाट निर्वाचित भएका थिए। सभामुख निर्वाचित महरालाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद भवनमै बधाई दिएका छन्।

सभामुखमा महरालाई कांग्रेसले किन गर्‍यो विनासर्त समर्थन?

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई विनासर्त समर्थन गरेको छ। एमाले सांसद तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ प्रस्तावक र माओवादी केन्द्रकै सांसद देवप्रसाद गुरुङ समर्थक बसेको महराको उम्मेदवारीप्रति कांग्रेसले समेत समर्थन गर्नुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

राष्ट्रपतिमा एमालेको प्रस्तावमा उम्मेदवार बनेकी एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीविरुद्ध भोजपुरमै जन्मिएकी शहीदपुत्री कुमारीलक्ष्मी राईलाई उम्मेदवार बनाए पनि सभामुखमा भने उम्मेदवारी नदिई समर्थन नै गर्‍यो। एमाले-माओवादी गठबन्धनको सहमतिबमोजिम सभामुखमा उम्मेदवारी दिएका महरालाई मधेसकेन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरमले समर्थन नगरे पनि कांग्रेसले भने समर्थन नै गरेको छ।

कांग्रेसले महरालाई किन समर्थन गरेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा महामन्त्री डा.शशा‌ंक कोइरालाले भने, ‘भविष्यमा एमालेबाट माओवादीलाई छुटाएर हामीसँग ल्याउन सकिन्छ कि भन्ने आशाले हो।’

कांग्रेसका सांसद डा. मिनेन्द्रप्रसाद रिजालले माओवादी सांसद महराको उम्मेदवारीलाई पार्टी संसदीय दलको तर्फबाट पूर्णसमर्थन रहेको बताए। उनले महराको उम्मेदावरीप्रति समर्थन मात्र गरेनन् कि ‘महरा एक कुशल, शालीन र भद्र व्यक्तित्व’ भनेर प्रशंसासमेत गरे।

महरालाई समर्थन गर्नुको कारण खोले रिजालले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको सल्लाहबमोजिम महराको सभामुखमा उम्मेदवारीप्रति समर्थन गर्न रोष्टम पुगेका कांग्रेस सांसद डा. मिनेन्द्रप्रसाद रिजालले संविधानको मर्म र भावनाबमोजिम जनताको आवाज र समस्याका विषयमा छलफल गर्ने थलको रूपमा विकास गर्न सहमतिस्वरूप महरालाई समर्थन गरेको बताए।

‘महरा प्रतिनिधिसभाको नेतृत्व गर्न योग्य, एक कुशल, भद्र, संसदीय अभ्यासमा अनुभव बोकेको शान्ति प्रकृयामा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति हुनुहुन्छ’ रिजालले भने ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन, माओवादी लडाकु र सेनाको हतियारको अनुगमनमा हस्ताक्षर गर्ने व्यक्ति भएकोले महरालाई हामीले समर्थन गरेका हौँ।’

शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका महराले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नसमेत भूमिका खेल्ने भन्दै रिजालले जनताको हक अधिकारको विषयमा जनप्रतिनिधिको आवाज मुखरित गर्न समन्वयकारी भूमिका महराबाट आशा गरेको बताए।

उनले सरकारले प्रतिपक्षीलाई ठाउँ भेटेसम्म पेल्ने गरे पनि संसद सबै जनप्रतिनिधिको साझा थलो भएको बताए। संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पूर्वसभामखु सुवासचन्द्र नेम्वाङ प्रस्तावक र संसदबाट जनताका काम गर्न नसकिने भन्दै संविधानसभाको दोस्रो निर्वाचन बहिष्‍कार गर्ने देव गुरुङले समर्थन गरेकोले पनि महराले सबैलाई समेट्न सक्ने विश्वास रिजालले व्यक्त गरे। उनले संसद्को‍ बाटो नै जनताको मुक्तिको उत्तम बाटो हो भनी संसद्‍ आएका देव गुरुङले समर्थन गरेकोमा स्वागतसमेत गरे।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ