भोलि र पर्सी बन्द भन्दै ‘नटेर्नेले बेलुका आफै सोच्नुहोला’ भन्ने रञ्जित पक्राउ

भोलि र पर्सी बन्द भन्दै ‘नटेर्नेले बेलुका आफै सोच्नुहोला’ भन्ने रञ्जित पक्राउ

admin-ajax

काठमाडौं, २४ फागुन, । बन्दको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले बिहीबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो ।

फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि उनलाई पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । उनीमाथि थप अनुसन्धान थालिएको छ ।

पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहले फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरेको हौवा फैलाएको थियो । उक्त समूहले ४ बुँदे माग तेर्साएको थियो ।

जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई निशुल्क उपचार गरौँ, पूर्व लडाकुलाई राष्ट्रिय सम्मान सहितको प्रमाण पत्र पेन्सन सहितको व्यवस्था गरौँ लगायतका माग गख्दै बन्दको आह्वान गरेको उक्त समूहले जनाएको थियो । २५ र २६ गते हुने बन्दको अवज्ञा गरे बेलुका आफैले सोच्नुहोला ! उक्त बन्दको प्रर्चामा लेखिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ