नेपालीले पार्क फोहोर पारेपछि अष्ट्रेलियाका मेयरले भने- ‘सुँगुरहरुलाई आइन्दा पार्कमा छिर्न दिनुहुँदैन’

नेपालीले पार्क फोहोर पारेपछि अष्ट्रेलियाका मेयरले भने- ‘सुँगुरहरुलाई आइन्दा पार्कमा छिर्न दिनुहुँदैन’

aus nepali

अष्ट्रेलियाको रकडेलस्थित बाइसेन्टेनियल पार्कमा नेपालीहरुले गत साता जम्मा भएर होली खेले । आपसमा भरपूर रमाईलो गरे । तर गरेको फोहोर यसै छाडेर हिँडेपछि बेसाइड मेयर बिल साराभिनोभ्स्की क्रोधित बनेका छन् ।

उनले सो पार्कलाई डम्पिङ साइट बनाउन खोजेको भन्दै आयोजकको आलोचना गरेका छन् । हजारौंको संख्यामा स्वयम्सेवकहरु आइतबार बिहान वाषिर्क ‘क्लीन अप अष्ट्रेलिया’ दिवस मनाउन स्थानीय सरकारी क्षेत्रहरुमा निस्केका थिए । त्यतिबेला नै उनीहरुले बाइसेन्टेनियल पार्कमा जताततै फोहोर फालिएको देखे ।

त्यसपछि इरेट रकडेलका बासिन्दाहरुले बेसाइड काउन्सीलमा यसको विषयमा उजुरी गरे । उनीहरुले केही स्थानीय मिडियालाई पनि लगेका थिए ।

‘पार्कको अवस्था देख्दा मलाई विरक्त लाग्यो । त्यहाँ घाँसभन्दा फोहोर धेरै थियो । ती सुँगुरहरुलाई अब आइन्दा पार्कमा छिर्न दिनु हुँदैन,’ रकडेल रेजिडेन्ट्स युनाइट फेसबुक साइटमा मार्क स्नेडोनले पोष्ट गरेका छन् । उनी आफ्नी छोरीको जन्मदिन मनाउन सो पार्कमा पुगेका रहेछन् ।

एक दिनअघि शनिबार सो स्थानमा नेपालीहरुले कार्यक्रम गरेको बुझिएको छ । उनीहरुमध्ये केही आइतबार सरसफाईमा सहभागी भएका थिए ।

मेयर साराभिनोभ्स्कीले भने, ‘म एकदमै निराश छु । वाषिर्क क्लीन अप अष्ट्रेलिया दिवसका दिन किन हाम्रो ठूलो पार्कलाई यस्तो रद्दी बनाएर छोडियो ?’

मेयरले सार्वजनिक स्थानहरुमा हुने ठूला कार्यक्रमहरुका लागि लिइने शुल्कमा तत्काल पुनरावलोकन गर्ने बताएका छन् । आयोजकहरुले पार्कलाई पहिलेकै अवस्थामा छोडेर हिँडेमा भने शुल्क फिर्ता दिन सकिने उनको भनाइ थियो ।

पेजहरुमा ट्रोल बनाएर नेपालीको यो व्यवहारको खिल्ली उडाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds