गण्डक न्युज, पोखरा, २१ फागुन / पोखरा लेखनाथ महानगरपालिका २६ विजयपुरमा आइतबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
ग ११ प ३६४५ नम्बरको बाइकमा सवार दुई जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । तीब्र गतिमा गुडेका दुवै सवारी एकआपसमा ठक्कर खाएका थिए । ठक्करबाट दुई जनामध्ये एकजनाको घटनास्थलमै जयान गएको थियो । अर्का गम्भिर घाईतेलाई अस्पताल लगिएकोमा केहि छिन पछि नै मृत्यु भएको हो ।

पल्सर बाइकको अगाडिको भाग कामै नलाग्ने गरी क्षति भएको छ । ठक्करबाट एकजना मोटरसाईकलमै किचिएका थिए भने अर्को नालीमा बजारिएका थिए ।

तस्विर: विनायक रानाभाट
यस्तै, जिरोकिमीदेखि बाग्लुङ बसपार्क सडकखण्डमा आईतबार बेलुकी भएको दुर्घटनामा मोटरसाइकल मा क्षति पुगेको छ ।भने चालक घाईते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार सडकमा उभिएको छाडा चौपायाका कारण मोटरसाईकल दुर्घटना भएको थियो । ग५प४३६८ नम्बरको मोटरसाईकल क्षतविक्षत भएको छ । चालकलाई हस्पिटल लगिएको थियो । प्रहरी एक घण्टा ढिलो पुगेको स्थानीयको गुनासो छ ।

पोखरामा पछिल्लो समय सवारी दुर्घटनाको संख्या बढेको छ । विजयपुर नजिकै चाउथेमा होलीको दिन चार गाडी आपसमा ठोक्किएको थियो भने त्यही राति हेम्जामा एक युवकको स्कुटर दुर्घटनामा ज्यान गएको थियो ।
तस्विरहरु: पत्रकार शिवराज बस्ताकोटीको फेसबुकबाट
सम्बन्धित खबर
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
प्रथम पिंक सिटी महोत्सव फागुन २१ देखि, तयारी अन्तिम चरणमा
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम