पोखरा, १६ फाल्गुण । पोखरा विश्वविद्यालयमा बिद्यार्थीहरुले नै तोडफोड गरेका छन् । उनीहरुले कर्मचारीलाई समेत कार्यालय भित्र थुने । निर्धारित समयमा स्ववियु चुनाबको माग गर्दै आएका ३ बिद्यार्थी संगठन नेबि संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले मागको सुनुवाइ नभएको भन्दै तोडफोड सहित कर्मचारीलाई कार्यालय भित्र थुनेका हुन् ।
बिद्यार्थीहरुले केन्द्रीय कार्यालयको गेट बन्द गरि कर्मचारीलाई थुनेका हुन् । तोडफोडबाट केन्द्रीय कार्यालय भवनको सिसा र गमला फुटेका छन् ।
गतवर्ष फागुन २२ गते विश्वविद्यालय समक्ष सम्पूर्ण राजनीतिक दल समर्थीत विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियन गठन गरिनुपर्ने माग राख्दै आएका थिए ।
एक वर्ष वितिसक्दापनि विश्वविद्यालयले चासो नदेखाएको भन्दै पटक पटक ध्यानाकर्षण गराएका थिए । आज दिउँसो २ बजे विश्वविद्यालयका भीसी र रजिष्टार अफिसरसँग बैठकमा बस्ने सहमति भएको थियो । विद्यार्थीलाई बैठकमा बोलाएर भीसी र रजिष्टार स्वयम् उपस्थित नभए पछि विद्यार्थी तोडफोडमा उत्रेका हुन् ।
यसैबीच, अाईतबार बैठक बस्ने सहमति भएपछि थुनिएका कर्मचारी बाहिरिए ।
सम्बन्धित खबर
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
प्रथम पिंक सिटी महोत्सव फागुन २१ देखि, तयारी अन्तिम चरणमा
प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम