पोखराको ‘फुड कार्निभल’ मा पुरस्कार: उत्कृट दाह्रीवाललाई स्मार्टफोन

पोखराको ‘फुड कार्निभल’ मा पुरस्कार: उत्कृट दाह्रीवाललाई स्मार्टफोन

IMG_9658-e1519742543355

पोखरा, फागुन १५ । तपाईंले राम्रो दाह्री पाल्नुभएको छ ? यदि छ भने पोखरा आउनुस् । अनि जित्न सक्नुहुनेछ स्मार्टफोन । आई ब्लुज म्यानेजमेन्ट प्रालिले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा अन्तर्राष्ट्रिय स्तरको ‘फुड कार्निभल’ कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३० गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो ।

नेपालीहरुमा नयाँ बर्षको आकर्षण बढाउन र खानाका परिकार तथा डिजे म्युजिकमा रमाउने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक पहिचान झल्काउने पोशाक, इच्छा अनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित डे«स कोड, विभिन्न देशहरुको पोशाक लगाएर उपस्थित हुन मिल्छ ।

उत्कृष्ट पोसाकलाई आयोजकले मुल्याकंन गरेर सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया लगायत देशको भ्रमणमा लैजानेछ । यस्तै उत्कृष्ट दाह्री प्रदर्शन गर्नेलाई वेष्ट वियर्ड घोषणा गरी एट प्लस वा सामसुङको एट एज मोवाईल उपहार दिईने थापाले बताए । वेष्ट हेयर स्टाइलिस ५/५ जना महिला तथा पुरुषलाई मिडटाउन ग्यालेरिया स्थित हङकङ यूनिक सलुनमा सौख अनुसारको हेयर स्टाईल बनाउने अवसर दिने, वेष्ट डे«स महिलाहरु मध्येबाट उत्कृट १० जनालाई मिडटाउन स्थित क्लाउड नाइनमा दशहजार बराबरको सपिङ भौचर उपलब्ध गराइनेछ । कर्यक्रममा राष्ट्रिय स्तरका डिजे कलाकारहरु आउनेछन् ।

दुई चरणमा हुने कार्यक्रमका लागि टिकटको व्यवस्था गरिएको प्रालिका उपाध्यक्ष धिरज थापाले बताए । उनका अनुसार पहिलो चरणमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म १ हजार रुपैयाँको टिकट छ भने ७ बजेदेखि सञ्चालन हुने दोश्रो चरणको कार्यक्रमका लागि २ हजार रुपैयाँको टिकट छ । रातिको टिकटमा वेलकम ड्रिंक्सको समेत ब्यवस्था गरिएको छ ।

१२ हजार रुपैयाँ दरको टिकट लिएर बाहिरी जिल्लाबाट आए दुईजनालाई एकतर्फी यातायात सुविधा, वेलकम ड्रिङ्स, विहानको ब्रेकफाष्ट, फेवातालमा बोटिङ र उच्च स्तरीय होटलमा बासको समेत ब्यवस्था मिलाईएको छ । कार्यक्रममा २ हजार ५ सय भन्दा बढी सहभागी हुने आयोजकको अनुमान छ । त्यसमध्ये २ सय जना विदेशी मात्रै हुनेछन् । कार्यक्रमको आम्दानीमध्ये ५ प्रतिशत महाविर पुनले सुरु गरेका आविष्कार केन्द्रलाई सहयोग गर्ने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ