पोखराको मनिपालमा मृत्यु भयो विद्यार्थीको, हुम्लामा के गरेछन् यी प्रअले ? अहिले पक्राउ परे (भिडियो)

पोखराको मनिपालमा मृत्यु भयो विद्यार्थीको, हुम्लामा के गरेछन् यी प्रअले ? अहिले पक्राउ परे (भिडियो)

pra

हुम्लाको महावौद्ध विध्यालयको छात्रावासमा बस्दै आएकी किशोरी सिचुडोमा लामाको हत्या आरोपीत प्रधान अध्यापक धनलाल रोकायालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । पीडितहरूको किटानी जाहेरी लिन नमानेको प्रहरीले घटनाको धेरै दिन पछि मात्र उन्लाई पक्राउ गरेको हो ।

मृतक छात्रा लाई प्रधान अध्यापक रोकायाले जबरजस्ती गर्न खोज्दा मृतक सिचुडोमा पौष २३ गते राति एक बजे होस्टेल बाट भागेर कर्णाली को भिर जङ्गलको बाटो काटेर आफूलाई बचाएर घर आएको कुरा किशोरीले आफ्नो परिवारलाई बताएकी थिएन ।

सिचुडोमा बिरामी भएको भन्दै प्रधान अध्यापक रोकायाले आफै हेलिकप्टर बोलाई उन्लाई उपचारका लागि पोखराको मणिपाल हस्पिटलमा ल्याएका थिए । र उन्लाई अस्पताल ल्याएको परिवारलाई थाहा पत्तो भएन । यो मृत्य नभई हत्या भएको भन्दै परिवारले किटानी जाहेरी दिँदा सम्म प्रहरीले चासो देखाएन ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ