गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं ११ फागुन– जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जनताको पक्षमा काम गर्दा आइपर्ने कुनै बाधासामु आफू नझुक्ने बताएका छन् । उनले जनताको पक्षमा काम नगर्नेलाई तह लगाएर छाड्ने बताए ।
लोकान्तर डटकमले शुरु गरेको ‘लोकान्तर शो’ को पहिलो कार्यक्रममा मन्त्री पण्डितले आफ्नो ताकतले भ्याएसम्म काम गर्ने बताएका हुन् ।
‘देश र जनताको हीतमा राम्रो काम गर्दा फासीमा झुण्डिन तयार छु, कायर जस्तो पछाडि फर्किने छैन’ उनले भने ।
मन्त्री पण्डितले काठमाडौंलाई मास्कमुक्त शहर बनाउने प्रण समेत गरेका छन् । सडक खन्ने र मर्मत नगर्ने प्रबृत्तिलाई निरुत्साहित पार्ने उनले बताए ।
पहिलो पटक मन्त्री बन्दा
डीभी पीआर सन्दर्भ: प्रधानमन्त्रीलाई ‘म त देश बाहेक केही पनि सोच्दिँन, तपाई के-के सोच्नुहुन्छ ल भन्नुस् भनेँ ।
सामान्य प्रशासन मन्त्रीलाई आर्थिक प्रभावमा पारेर आफू अनुकुलको सरुवा खोज्नेहरुको भीड सिंहदरबार छिर्ने गर्छ । यसका लागि विशेषतः मन्त्रीहरुले नै वातावरण बनाइदिन्छन् । यसैसन्दर्भमा अनलाईनखबर डटकमको टीमले पूर्वमन्त्री लालबाबु पण्डितसँग भेटेर एउटा मन्त्रीलाई सरुवाका बेलामा के-कस्ता दबाव वा प्रलोभनहरु आउँछन् भन्ने जिज्ञासा राखेको छ । अनलाईनखबरमा प्रकाशित न्युज जस्ताको तस्तै:
पूर्वमन्त्री पण्डितले भने- सरुवाका बेलामा सिंहदरबार बिचौलियाहरुले भरिएको हुन्छ । त्यतिमात्र होइन, कुनै पनि सुधार गर्न खोजियो भने त्यसको प्रभाव मन्त्रिपरिषदसम्म पुग्छ ।’
कस्ता हुन्छन् दबावका शैली ?
पूर्वमन्त्री पण्डितले कर्मचारी सरुवामा आउने दवाबका तरिकाबारे यसरी व्याख्या शुरु गरे-
‘अन्तरमन्त्रालय सरुवाको समयमा आफुले चाहेको मन्त्रालयमा जान चौतर्फी दबाव आउँछ । कर्मचारीहरु सकेसम्म पावर देखाएर सरुवा गर्न खोज्छन् । मेरा पालामा राष्ट्रपति, उपराष्ट्रपतिबाट समेत फलानो कर्मचारीलाई फलानो कार्यालयमा सरुवा गर्दिनुपर्यो भनेर फोन आयो । प्रधानमन्त्रीबाट त झनै निर्देशनात्मक दबाव आउँथ्यो ।’
कतिपय कर्मचारी आफ्नो एउटा सरुवाका लागि विभिन्न पार्टीका दर्जनौँ सांसद नै बोेकेर आउने गरेको पण्डितको अनुभव छ । प्रधानमन्त्री, सांसदबाट पनि नभएपछि केही कर्मचारीले दुतावासबाट समेत फोन गराएको पण्डितले सुनाए ।
एमाले नेतासमेत रहेका पण्डितले सुशील कोइरालाको सरकारमा ०७० देखि ०७१ सालसम्म सामान्य प्रशासन मन्त्री भएर काम गरे । त्यो वीचमा उनको कार्यकालमा पनि कर्मचारीहरुको सरुवा भयो ।
पहिलो वर्ष ०७१ सालमा उनले करिब ७ सय कर्मचारीको अन्तरमन्त्रालय सरुवा गरे । त्यतिखेर अनुकुलको सरुवा नभएको भन्दै पार्टीका भातृ संगठनका रुपमा रहेका ट्रेड युनियनहरुले मन्त्रालयमा तोडफोड समेत गरे ।
दोस्रो वर्ष ०७२ सालमा करिब १२ सय कर्मचारीको सरुवा भयो । त्यतिखेरका दिनहरु सम्झँदै पूर्वमन्त्रीले भने ‘मेरो पालामा केही मन्त्रालयमा ट्रेड युनियनले सरुवा डेस्क भनेर राखेका थिए र त्यहाँबाट रुजु गराएपछि सरुवाको दबाव दिन्थे । कर्मचारीभित्र त्यसरी युनियनको प्रभाव बढेको थियो ।
के-के गर्छन् विचौलियाले ?
चारैतिर सम्वन्ध विस्तार गर्ने र कसलाई सरुवा गरेपछि आफ्ना लागि कति पैसा हुन्छ, त्यो अनुसार काम गर्ने घुमन्तेहरुको समूह छ सिंहदरबारमा । पूर्वमन्त्री पण्डितको अनुभवमा उनीहरु एकै दिन फरक-फरक मान्छे बोकेर विभिन्न मन्त्रालयमा धाइरहेका हुन्छन् । उनीहरुको वर्षभरिको गुजारा नै त्यसरी नै चल्छ ‘
पूर्वमन्त्री पण्डित भन्छन्- ‘बिग्रेका पत्रकारहरुसमेत सरुवाको लिष्ट बोकेर मेरो कार्यकक्षमा आए । ‘
पूर्वमन्त्री पण्डितको अनुभवमा सरुवाको समयमा विचौलियाहरु मन्त्रीलाई भेटघाटमा बढी व्यस्त राख्नेे र कर्मचारी वा विभिन्न समूहसँग मिलेर आफु अनुकूल सरुवा सूची तयार गर्ने प्रयास गर्छन् ।
त्यसो गर्न एउटा मान्छेले मन्त्रीलाई एकै दिन पटक-पटक भेट्ने र लामो समय होल्ड गर्न खोज्छन् । पण्डित भन्छन्, कर्मचारी सरुवाको सिजनलाई एकथरी मान्छेहरुले पैसा कमाउने मौका मानेर काम गरेका हुन्छन् ।
चलखेलको एउटा उदाहरण
कर्मचारी सरुवामा राजनीतिक नेतृत्वको रुचीका सन्दर्भमा पूर्वमन्त्री पण्डितको एउटा अनुभव जस्ताको त्यस्तै-
‘म सहसचिव भरत सुवेदीको खराबीबारे जानकार थिएँ । मैले उनको गैरसंबैधानिक सरुवाको माग रोकेँ । पछि सहसचिव सुवेदीका सन्दर्भमा प्रधानमन्त्रीले उनले जे-जे भन्छन्, त्यही गर्दिनुस् भन्नुभएको थियो, तर मैले मानिनँ ।
सामान्यले नचाहँदा नचाहँदै उनलाई अर्थ र श्रम मन्त्रालयको सहमतिमा अर्थ मन्त्रालयमा सरुवा गरियो । मैले त्यतिखरे जुन अफिसको डीजीले सुवेदीलाई हाजिर गरायो, तीन दिनभित्र त्यो निर्णय ब्याक गरेन भने त्यो डीजी, त्यहाँको डिजी रहँदैन भनेर अल्टिमेटम दिएँ ।
यस्तै एक हप्ताभित्र गल्ती नसुधारे एक हप्तामा अर्थ मन्त्रालयको सचिवलाई पनि त्यहाँ राख्दिँन भनेर चेतावनी दिएको थिएँ । त्यतिखेर मैले सामान्य प्रशासन मन्त्रीको पावर प्रयोग गर्छु भनेपछि अर्थ मन्त्रालयबाट सुवेदीलाई फर्काइयो ।
तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले सुवेदीलाई श्रमबाट मेरो भिटोको अधिकार भन्दै अर्थ मन्त्रालय लगेका थिए, सामान्यको सहमति विपरीत । मैले कर्मचारी सरुवामा सामान्य मन्त्रालयको भिटो हुन्छ भनेर गल्ती सच्याउन अल्टिमेटम दिएपछि रामशरण महत पछि हटे ।
चलखेलमा सामेल नभई मन्त्रीले त्यत्रो गरेर कुनै कर्मचारी सरुवा गरेर लाँदैन । यहीँबाट थाहा पाउन सकिन्छ कि कर्मचारीले नेताहरुका लागि के-के गर्ने बाचा गरेका होलान् ?
कस्ता प्रलोभन आउँछन् ?
प्रोजेक्टमा सरुवा भएर जाने कर्मचारीहरुले त्यहाँ जान धेरै पैसाको अफर गर्छन् । कर्मचारीको रुची ती कार्यक्रमहरुमा जाने हुन्छ, त्यसका लागि ३ देखि ५ लाखसम्मको प्रस्ताव आउँछ । कमजोर मन्त्री छ भने सचिवालयबाट प्रस्ताव र दबाव दुबै आउँछ ।
पण्डित भन्छन्, अपराधपूर्ण कुरा भएको र गोप्य लेनदेन हुने भएकाले मन्त्रीले पैसा खाए पनि कोसँग कति पैसा लिन्छ, थाहाहुँदैन । मैले सुनेसम्म, बुझेसम्म एउटा कार्यालय सहयोगीको सरुवाका लागि ५ देखि १० हजार लिन्छन् । ठूलो प्रोजेक्टमा जाँदैछ भने सरुवाका निम्ति १ देखि ५ लाखसम्म तिर्छ ।
यसको वातावरण बनाउन विचौलियाहरुले मन्त्रीको सचिवालय, सरुवा शाखाका कर्मचारीलाई खाजा खुवाउन लैजानेको होडबाजी चल्छ । खाजा खाँदै आश्वासन दिने, सहयोग गर्नुपर्योर, यसो गर्छु भनेर आश्वासन दिन्छन् ।
कसरी थाहा पाउने ? मन्त्रीको स्वभावबाटै थाहा हुन्छ
भ्रष्टचारमा संलग्न कुनै कर्मचारी फेरि त्यस्तै आकर्षक ठाउँमा पुग्यो भने सरुवामा अपादर्शी भयो भन्ने बुझ्नुपर्छ । मन्त्रीको वरिपरि कस्तो मान्छे छ भन्नेकुराले पनि संकेत गर्छ ।
लेनदेनमा संलग्न भएका मन्त्रीहरु सकेसम्म मिडियासँग तर्किने स्वभाव देखाउने पूर्वमन्त्री पण्डितको बुझाइ छ । र त्यस्ता मन्त्रीहरु सीमित घेरामा बस्न चाहन्छन् । अपारदर्शी हुन्छन् उनीहरुको गतिविधि अनौठा हुन्छन् ।
एमालेका कर्मचारी पनि लिष्ट बोकेर आए
पण्डित मन्त्री भएर जाँदा एमालेनिकट कर्मचारीमा उत्साह आएको थियो । तर, त्यस्तो सूची ठाडै अस्वीकार गरेको उनको दाबी छ ।
‘नीतिगतरुपमा मैले आफुनिकट वा अरु निकट कर्मचारी भनेर च्याप्ने र फाल्ने काम गरिनँ । उनले भने, ‘मेरो त्यस्तो नीतिको शूरुमा पार्टीकै नेताहरुबाट आलोचना भयो । उनीहरु त्यसमा सहमत भएनन् ।’
डीभी पीआर, विशिष्टीकरण, सरुवा नीति लगायतका विषयलाई समेटेर निजामति सेवाको चौथो संशोधन अगाडि बढाउँदा आफ्नै पार्टीले असयोग गरेको पण्डितको गुनासो छ ।
उनले अघि भने, ‘आफ्नै पार्टीका कतिपय नेताहरुले त मेरो राजीनामा नै मागे । पछि मैले आफ्नो पार्टीका नेताहरुलाई कन्भिन्स गरेँ । त्यसपछि मात्र प्रधानमन्त्रीले मलाई निकाल्छुभन्दा पनि पार्टीले प्रतिवाद गर्योफ ।
पूर्वमन्त्री शर्माले राम्रो गरिन्
पूर्वमन्त्री पण्डितको दाबी छ, ‘सामान्य प्रशासन मन्त्री भएर सबैभन्दा राम्रो काम गर्ने म नै हुँ ।’ उनी भन्छन्- ‘अहिलेका मन्त्री के गर्दैछन्, मलाई थाहा छैन । तर आफुपछिकी मन्त्री रेखा शर्माले प्रशासन सुधारमा महत्वपूर्ण कदमहरु चालेको देखिन्छ । मन्त्री भएलगत्तै मसँग भेटेर छलफल र सुझाव लिनुभएको थियो । नीतिगतरुपमा उहाँले धेरै राम्रा कामहरु गर्नुभयो ।’
प्रधानमन्त्रीलाई केटी खोज्छु भनेँ
सरुवाका बेलामा पर्ने दबावबारे प्रष्ट्याउने क्रममा पूर्वसामान्य प्रशासनमन्त्री पण्डितले अर्को एउटा रोचक प्रशंग सुनाए ।
डीभी पीआएर लिएका कर्मचारीले सरकारी सेवामा बस्न नपाउने कानुन ल्याउँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासमेत बिचौलियाको प्रभावमा परेको भन्दै पण्डितले भने- ‘प्रधानमन्त्रीलाई मैले केटी खोजिदिन्छुसम्म भन्नुपर्योत ।’
पूर्वमन्त्री पण्डितले यसरी सुनाए-
डीभी पीआरविरुद्ध मेरो अडानले प्रधानमन्त्रीलाई अप्ठेरो परेछ । उहाँले मलाई राजीनामा दिनुस् सम्म भन्नुभयो । डीभीपीआरको ऐन ल्याउनबाट रोक्न उहाँलाई चर्को दबाव परेको थियो ।
प्रधानमन्त्रीले नै असहयोग गरेपछि मलाई साह्रै अप्ठेरो भयो । त्यसपछि मैले प्रधानमन्त्रीलाई सिंगल भेट्छु भनेँ । क्याबिनेट बैठकअघि अरु कसैलाई नराखी प्रधानमन्त्रीसँग एक्लै भेटेँ । त्यहाँ प्रधानमन्त्री सुशील कोइराला र म मात्रै थियौँ, सचिवालय, सुरक्षाका कोही मान्छे थिएनन् ।
मैले डीभी पीआरका सन्दर्भमा प्रधानमन्त्रीलाई ‘म त देश बाहेक केही पनि सोच्दिँन, तपाई देशबाहेक अरु के-के सोच्नुहुन्छ ल भन्नुस् भनेँ । तर, प्रधानमन्त्री बोल्नुभएन ।
मैले भनें, तपाई त अविवाहित पनि हुनुहुन्छ, बिहे गर्ने, केटाकेटी जन्माउने र त्यसका लागि केही व्यवस्था गर्नुपर्छ भन्ने लागेको छ भने भन्नुस्, त्यसो हो भने म आजै केटी खोज्न हिँड्छु ।
प्रधानमन्त्री सुशील कोइरालाले देशबाहेक मेरो स्वार्थ छैन भन्नुभयो । त्यसपछि बल्ल डीभी पीआर लिएर कर्मचारी बन्न नपाउने विधेयक पारित भयो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने