गण्डक न्युज पोखरा, १० फागुन / ट्रिपरको ठक्करबाट मृत्यु भएकी बन्दना पौडेलको आज शवयात्रा सहित अन्त्येष्टि गरिएको छ । बन्दनाको पार्थिव शरीरमा नेवि संघ केन्द्रिय सदस्य भानु ढकाल सहितका विद्यार्थी नेताहरुले नेवि संघको झण्डा ओढाएर स-सम्मान अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट विहान १० बजे शवयात्रा गरी रामघाटमा लगेर अन्त्यष्टी गरिएको केन्द्रिय सदस्य ढकालले जानकारी दिए । शवयात्रामा विद्यार्थी, आफन्त लगायत सहभागी थिए ।
पोखरा चाउथेमा सोमबार बेलुकी स्कुटरमा सवार स्याङ्जा आँधीखोला गाँउपालिका वडा नं. ५ जुग्लेकी पौडेललाई ट्रिपरले ठक्कर दिएर मारेको थियो । पौडेल जनप्रिय माविमा कक्षा १२ मा अध्ययरत छात्रा थिईन्।
नेविसंघ जनप्रिय माविकी सदस्य समेत रहेकी पौडेलको मृत्युपछि दुर्घटनाबारे छानविनको माग गर्दै बुधबार बिहानै देखि आन्दोलित विद्यार्थी सहमतिपछि शान्त बने ।
आन्दोलनरत नेपाल विद्यार्थी संघ, पीडित परिवार, नारायणी यातायात व्यवसायी संघ र प्रशासनवीच बुधबार भएको वार्तामा सहमति जुटेको हो। बुधबार साँझ भएको सहमतिपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको थियो ।

उनका अनुसार चालकलाई कडा कारबाही गर्ने, पीडित पक्षलाई उचित राहात उपलब्ध गराउने र आगामी दिनमा घटना दोहोरिन नदिन अभियानमुखी अभिमुखिकरण कार्यक्रम गर्ने सहमति भएको छ ।
उनी गण्डकी मेडिकल कलेज पोखराकी कर्मचारी समेत हुन् । उनको मृत्युको विरोधमा विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा नाराबाजी सहित प्रदर्शन गरेका थिए । बुधबार बिहानैदेखि जनप्रिय स्कुल सिमलचौरमा नाराबाजी सहित प्रदर्शन गरे । उनीहरुले हत्यारालाई फाँसी दे, विद्यार्थी मार्न पाईँदैन, विद्यार्थी एकता जिन्दाबाद जस्ता नारा लगाएका थिए ।
सोमबार बेलुकी पौने ८ बजेतिर ना ६ ख ९००६ नम्बरको ट्रिपरले पौडेल सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । पोखरामा नेविसंघका विद्यार्थीको लगातार दुर्घटनामा ज्यान गएको छ ।
यसअघि, माघ २२ गते स्याङ्जा आँधीखोलाकै नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई झगडापछि बसले किचेको थियो । त्यसबेला विद्यार्थीको आन्दोलनले पोखरामा अवस्था सामान्य गर्न प्रहरीलाई हम्मे हम्मे पारेको थियो ।

सम्बन्धित खबर
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
प्रथम पिंक सिटी महोत्सव फागुन २१ देखि, तयारी अन्तिम चरणमा
प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम